क्रिस्टियानो रोनाल्डोले ब्राइटन विरुद्ध आफ्नो लामो गोलको खडेरी समाप्त गरे तर म्यानचेस्टर युनाइटेडका लागि लीड्स विरुद्धको खेलको पहिलो हाफमा गोल गर्ने सुन्दर मौका खेर फाले।

३७ वर्षीय पोर्चुगिज स्टारले ब्राइटन विरुद्ध शानदार गोल गर्नुअघि लगातार ६ खेलमा गोल गर्न सकेका थिएनन् र उनलाई लीड्स विरुद्ध दुई खेलमा दुई गोल गर्ने सुनौलो अवसर थियो। पल पोग्बाले बायाँ फ्ल्याङ्कमा एडम फोर्सालाई छक्याउँदै सुन्दर बल गोलपोष्ट तर्फ खेलाएका थिए जुन बल सिधा रोनाल्डोको खुट्टामा आएको थियो तर रोनाल्डोले उक्त अवसरमा खाली पोष्टमा गोल असफल भए र सिधै बल गोलकिपरको हातमा दिए।

रोनाल्डोले यस्तो सुनौलो मौका गुमाएपछि सामाजिक सञ्जालमा यसलाई लिएर बबाल मच्चिएको छ। एक व्यक्तिले रोनाल्डोको दुई गज टाढाबाट गोल गर्न नसकेको क्याप्शनसहित रोएको इमोजी पोस्ट गरे।
“Ronaldo gets no service in United, imagine him with Mbappe and Neymar” https://t.co/hEDAs5ONJX
— Hamza (@lapulgafreak) February 20, 2022
म्यानचेस्टर युनाइटेडका एक फ्यानले लेखे: ‘के हो यस्तो यो रोनाल्डो, तिमीले दुई यार्डबाट कसरी मिस गर्यौ।’
युनाइटेडका अर्का फ्यानले लेखे: ‘रोनाल्डोबाट लज्जास्पद मिस, पोग्बालाई अर्को असिस्ट लुटियो।’
अर्को ट्वीटर प्रयोगकर्ताले टिप्पणी गरे: ‘रोनाल्डोलाई त्यहाँ प्रश्नहरू सोध्नु पर्छ। के हो त्यस्तो।’

