आर्सनलबाट निकालिएका औवामियाङले ह्याट्रिक गरेपछि अर्टेटालाई कडा दनक !

एजेन्सी – आइतबार राति आर्सनलका पूर्व स्ट्राइकर पिएरे इमरिक औवामियाङले बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरे। भ्यालेन्सिया विरुद्धको खेलमा औवामियाङले ह्याट्रिक गरेका थिए। औवामियाङले खेलको २३, ३८ र ६३ औं मिनेटमा गोल गरेका थिए।

औवामियाङ जनवरी ट्रान्सफर विन्डोमा मात्रै बार्सिलोना आएका हुन्। आर्सनलका प्रशिक्षक तथा अधिकारीहरुसँग सम्बन्ध बिग्रिएपछि उनी बार्सिलोना आएका थिए। बार्सिलोना आएपछि उनले राम्रो प्रदर्शन गरिरहेका छन्।

यसैबीच आर्सनलका समर्थक समेत रहेका पत्रकार पियर्स मोर्गनले औवामियाङलाई निकालेर आर्सनलले ठूलो गल्ति गरेको बताएका छन्। औवामियाङले बार्सिलोनाका लागि ह्याट्रिक गरेपछि ट्वीट गर्दै मोर्गनले औवामियाङलाई जन दिएर आर्सनलले गल्ति गरेको बताएका हुन्।

औवामियाङलाई निकाल्नु क्लब र प्रशिक्षकको असफलता रहेको उनको भनाई छ। औवामियाङलाई निकालेको क्लबले उनको ठाउँमा अर्को खेलाडी नलाएको प्रति पनि मोर्गनको आक्रोश छ।

“औवामियाङको बहिर्गमनमा खुशियाली मनाउनेहरुले मिकेल अर्टेटाको प्रक्रियालाई विश्वास गरेका होलान्। अहिले उनीहरु गर्व महशुस गरिरहेका होलान् त ? हाम्रो क्लबको लागि कस्तो असफलता हो कि हामीले यति उत्कृष्ट खेलाडीलाई जबरजस्ती बाहिर निकाल्यौं ? यति मात्र होइन, उनको ठाउँमा अर्को खेलाडी पनि हामीले ल्याउन सकेनौं।”,मोर्गनले ट्वीटरमा भनेका छन्।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१२:४३

माने र फर्मिनो मध्ये एक लिभरपुलबाट आउट !