‘सलाह-माने नहुँदा राम्रो खेलेकै कारण लिभरपुल उपाधि दौडमा फिर्ता भयो’

एजेन्सी – पूर्व फुटबल खेलाडी तथा फुटबल विश्लेषक ग्यारी नेभेलले मोहम्मद सलाह र साडियो मानेको अनुपस्थितिमा समेत लिभरपुलले राम्रो प्रदर्शन गरेका छन्। आफ्नो व्यक्तिगत पडकास्टमा बोल्दै नेभेलले अफ्रिकन कपको समयमा माने र सलाह नहुँदाको परिस्थितिलाई लिभरपुलले राम्रोसँग व्यवस्थापन गर्न सकेको बताएका हुन्।

माने र सलाह नभएको एक महिनामा लिभरपुलले सिटीसँगको अंक दूरीलाई घटाउन सकेको र त्यसले उपाधि होडलाई थप रोचक बनाएको नेभेलले बताए। दुई मुख्य खेलाडीको अनुपस्थितिमा राम्रो खेलेकै कारण लिभरपुलले अहिले सिटीलाई पछ्याइरहेको उनको भनाई छ।

“हामीलाई थाहा छ लिभरपुल एक उत्कृष्ट टीम हो। यसमा कुनै शंका छैन। सलाह र मानेको अनुपस्थितिमा म्यानचेस्टर सिटीलाई पछ्याउन कठिन हुन्थ्यो। तर त्यस समयमा पनि उनीहरु पछि हटेनन्।”,नेभेलले भने।

सलाह र माने अफ्रिकन कपको फाइनलमा भिड्दै गर्दा लिभरपुलले यता म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाएको नेभेल बताउँछन्। उनी भन्छन्,”दुई-तीन हप्ता अगाडी मलाई सोध्नुभएको भए म उपाधि दौडमा सिटी एक्लो छ भन्थें। तर अहिले अवस्था फेरिएको छ। माने र सलाह अफ्रिकन कपको फाइनलमा भिड्दै गर्दा लिभरपुलले अंक दूरी घटायो।”

रोचक बन्दै प्रिमियर लिग

साविक विजेता सिटी यति बेला प्रिमियर लिगको शिर्ष स्थानमा छ। सिटीले सिजनका २६ खेल खेल्दा २० जित र ३ हार सहित ६३ अंक बनाएको छ। निकटतम प्रतिद्वन्दी लिभरपुल भन्दा सिटी ६ अंकले अगाडी छ। लिभरपुलले सिटी भन्दा एक कम खेल खेलेको छ। लिभरपुलले अहिले सम्म १७ खेलमा जित निकाल्दा मात्रै दुई खेलमा हार बेहोरेको छ। लिभरपुलको ५७ अंक छ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१५:१६

क्यानडाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, कसरी हेर्ने लाइभ खेल ?