क्यानडाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, कसरी हेर्ने लाइभ खेल ?

नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा आफ्नो अन्तिम खेलमा क्यानडाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर कमलसिंह ऐरी टोलीमा फर्किदा गुलशन झा बेन्चमा बसेका छन्।

क्यानडालाई हराउँदै नेपाल समूह बी को शीर्षस्थानमा रहँदै विजेता रुपमा सेमिफाइनल खेल्ने अवसर छ। नेपाल विजेता बनेमा समूह ए को उपविजेता युएई र उपविजेता बने समूह ए को विजेता आयरल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउँछन्। यता क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गराउन चाहन्छ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा

कसरी हेर्ने खेल ? 

नेपाल विरुद्धको खेल हिमालयन टिभीबाट प्रत्यक्ष रूपमा हेर्न पाइनेछ। यसका साथै ओयसआर स्पोर्ट्स युट्युब च्यानलमा पनि लाइभ हेर्न सकिन्छ।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८१५:३४

नेपालको सानदार सुरुवात, यसरी हर्नुहोस् लाइभ खेल !