रियलले एम्बाप्पेलाई दियो अल्टिमेटम, अल्टिमेटम भित्र सम्झौता नगरे कहिले पनि रियलबाट खेल्न नपाउने !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई अल्टिमेटम दिएको खुलासा भएको छ। बेलायतबाट प्रकाशित हुने एक पत्रिकाले एम्बाप्पेलाई अल्टिमेटम दिइएको खुलासा गरेको हो।

बेलायतबाट प्रकाशित हुने ‘द टाइम्स’का अनुसार रियलले एम्बाप्पेलाई एक अल्टिमेटम दिएको छ र त्यो अल्टिमेटम नाघेको खण्डमा उसले कहिले पनि एम्बाप्पेसँग सम्झौता गर्ने छैन।

एम्बाप्पे र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। एम्बाप्पे अहिले नै रियल म्याड्रिडसँग सम्झौता गर्नको लागि खुला भइसकेका छन्। तर उनले अहिले नै सो बारे कुनै निर्णय भने गरिसकेका छैनन्।

केहि समय अगाडी मात्रै पिएसजीले एम्बाप्पेलाई छोटो समयको सम्झौता प्रस्ताव गरेको खबर आएको थियो। साप्ताहिक १ मिलियन युरो भन्दा बढी पारिश्रमिक दिने गरी सम्झौताको प्रस्ताव पिएसजीले गरेको बताइन्छ। पिएसजीबाट त्यस्तो प्रस्ताव भएलगतै रियल म्याड्रिडले एम्बाप्पेलाई अल्टिमेटम दिएको द टाइम्सले जनाएको छ।

अहिले सम्झौता नगरे एम्बाप्पेको सपनामा ‘फुलस्टप’

रियल म्याड्रिडबाट खेल्ने एम्बाप्पेको चाहना नयाँ होइन। एम्बाप्पेले धेरै समय देखि रियलबाट खेल्न चाहेका छन्। यो उनको सपना नै हो। तर रियलको अल्टिमेटमले उनलाई झनै समस्यामा पारेको छ।

रियलले दिएको अल्टिमेटम सम्म सम्झौता नगरे उनले कहिले पनि रियलबाट खेल्न पाउने छैनन्। बाहिर आएका रिपोर्टहरु अनुसार एम्बाप्पेले अल्टिमेटम सम्म सम्झौता नगरेको खण्डमा रियल नर्वेली एर्लिङ हालाण्ड तर्फ केन्द्रित हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८०८:५९

आज जिते नेपाल विश्वकपमा, यसरी हेर्नुहोस् प्रत्यक्ष खेल !