एजेन्सी – युरोपियन सुपर लिग परियोजनाका तीन टोली रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स आउदो समरमा संयुक्त राज्य अमेरिकामा प्रि–सिजन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् ।
यि तीन क्लबले अझैपनि असफल युरोपियन सुपर लिग परियोजनालाई अघि बढाउन यो प्रतियोगितालाई अघि सारिएको बुझिएको छ । युरोपियन सुपर लिग घोषणा पछि यसमा संलग्न रहेका ९ क्लबहरु सार्वजसनक प्रतिक्रियाका कारण बाहिरिएपनि तीन युरोपेली हेवीवेट (रियल, बार्सिलोना र युभेन्ट्स) खेलको शीर्षस्तरमा अझै पनि सुधार आवश्यक छ भन्ने विश्वास गर्छन् ।
त्यसै योजनालाई अघि बढाउन यि तीन टोली अमेरिकाको वेस्ट कोस्टमा प्रि–सिजन प्रतियोगिता आयोजना गर्ने सम्भावनामा सँगै उभिएका छन् ।धेरै शहरहरु प्रतियोगिताको आयोजना गर्न इच्छुक छन् । जसमा ‘एल क्लासिको’ लगायत उच्च स्तरीय खेलहरु समावेश हुुनेछन् । प्रि–सिजनको चौथो टोली बन्ने सम्भावनाका लागि तीन क्लबले इटालियन सिरी ‘ए’ को एसी मिलानसँग पनि सम्पर्क गरेका छन् ।
यो भनिएको छ कि रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स यो प्रतियोगिताबाट कसरी नाफा बढाउने भनेर हेरिरहेका छन् । किनकि उनीहरुले २०२० मा महामारीले विश्वव्यापी रुप लिऐदेखि भोगेको ठुलो नोक्सानलाई निर्मुल पार्न खोजिरहेका छन् । अगस्ट २०२१ म बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले टोली १.१ बिलियन पाउन्ड ऋण रहेको बताएका थिए । तर, उनले पछि यो महामारीकै कारण मात्रै नभएका बताएका थिए ।
महामारी अघि सबै तीन टोलीले नियमित रुपमा अमेरिकाको भ्रमण गर्थे । दुई स्पेनी टोली रियल र बार्सिलोनाले २०१९ मा र युभेन्ट्सले २०१८ मा अमेरिका भ्रमण गरेका थिए । स्पेन बाहिर खेलेको पहिलो ‘एल क्लासिको’ २०१७ मा मियामीमा भएको थियो । बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा सर्नु अघि नेयमारको अन्तिम खेलमा रियललाई ३–२ ले हराएको थियो ।
१२ टोली सुरुमा युरोपियन सुपर लिगको संस्थापक हिस्सा थिए, जसले च्याम्पियन्स लिगबाट बाहिर निस्किएको देखिएको थियो । १२ मध्ये आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र युनाइटेडसँगै टोटेनहम प्रिमियर लिगका ६ टोली थिए । समर्थकहरु बीचको ठुलो विरोधले यो परियोजना सुरु भएको ४८ घन्टा भन्दा कम समयमा प्रिमियर लिगका टोलीहरु युरोपियन सुपर लिगबाट बाहिरिएका थिए ।
युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सुरुवातमा युरोपियन सुपर लिगमा रहेका टोलीलाई कारवाही गरिने बताएपनि ९ टोलीलाई जरिवाना निलम्वित गर्दा रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्सलाई कुनै प्रतिबन्ध लगाउन सकेन ।

