प्रिमियर लिगका यी चार तीन जसले ग्वार्डिओलालाई एकै सिजनमा दुई हार चखाएका छन् !

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी केहि अगाडी दिन मात्रै टोटेनह्याम हटस्परसँग पराजित भयो। इंग्लिस फरवार्ड ह्यारी केन चम्किँदा सिटी टोटेनह्यामसँग पराजित भएको हो।

जारी प्रिमियर लिगको सिजनमा सिटी टोटेनह्यामसँग पराजित भएको यो दोस्रो पटक हो। सिटीले टोटेनह्यामसँग होम र अवे दुवै खेलमा पराजय भोगेको छ।

यस सिजन सिटी मात्रै तीन खेलमा पराजित भएको छ। सिटी सबै भन्दा पहिला टोटेनह्यामको घरेलु मैदानमा गत अगस्तमा पराजित भएको थियो। त्यसपछि सिटीलाई अक्टोबरको अन्तिममा क्रिस्टल प्यालेसले पराजित गरेको थियो भने अहिले आएर घरेलु मैदानमा सिटी टोटेनह्यामसँग पराजित हुन पुग्यो।

पेप ग्वार्डिओलाले सिटीको जिम्मेवारी सम्हालेपछि सिटीले एकै सिजनमा कमै मात्र टोलीसँगका दुवै खेल हारेको छ। यस सिजन टोटेनह्यामसँगका दुवै खेलमा पराजित भएको सिटी यस अगाडी सन् २०१९-२० को सिजनमा म्यानचेस्टर युनाइटेडसँग दुवै खेलमा पराजित भएको थियो।

सो बेला सिटी घरेलु मैदानमा भएको खेलमा २-१ को गोल अन्तर तथा युनाइटेडको घरेलु मैदानमा २-० को गोल अन्तरले पराजित भएको थियो। त्यस्तै सो सिजनमा सिटी वुल्भ्ससँग पनि दुई पटक पराजित भएको थियो।

वुल्भ्सले सिटीको घरेलु मैदानमा भएको खेलमा २-० को जित निकालेको थियो भने पछि आफ्नो घरेलु मैदानमा खेल हुँदा ३-२ को जित निकालेको थियो।

यस्तै सिटीले सन् २०१६-१७को सिजनमा चेल्सीसँगका दुवै खेलमा पराजय भोगेको थियो। त्यसबेला चेल्सी सिटी भन्दा धेरै राम्रो फर्ममा थियो। सिटीको घरेलु मैदानमा भएको पहिलो भेटमा चेल्सीले ३-१ को जित निकाल्दा आफ्नो घरेलु मैदानमा पनि चेल्सीले जित आत्मसाथ गरेको थियो। सो खेलमा चेल्सी २-१ ले विजयी भएको थियो।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१३:४६

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै ! कुन खेल कुन च्यानलमा हेर्ने ?