एजेन्सी- बलिउडमा स्क्रिनमा देखा पर्ने नायिकाहरु मेकअप, ड्रेसिंगसंगै कपालको स्टाइलको कारण पनि चर्चामा हुने गर्छन्। नायिका र नायकको हेयर स्टाइलमा धेरैको ध्यान जाने गर्छ। हेयर स्टाइलले नायिकाहरुको मात्र नभई नायकको पनि व्यक्तित्वमा प्रभाव पार्ने गर्छ। चलचित्रको लागि आफ्नो कपालनै मुण्डन गरेका कलाकार यी हुन्।
प्रियंका चोपडा
प्राय बोल्ड अन्दाजमा देखिने प्रियंका चोपडाले चलचित्र मेरी कोममा खेलेको भूमिकाको कारण उनलाई धेरै चर्चा मिलेको थियो। यस चलचित्रमा उनले आफ्नो टाउकोनै मुण्डन गरेकी थिइन्।
शिल्पा शेट्टी
फिल्म ‘द डिजायर’ मा शिल्पा शेट्टीले एक बोल्ड भूमिका निभाएकी थिइन्। यस चलचित्रमा उनी बिना कपाल देखिएकी थिइन्। यस चलचित्र धेरै विवादमा परेको भएता पनि शिल्पाको अभिनयको भने धेरै चर्चा भएको थियो।
अनुष्का शर्मा
‘ऐ दिल हे मुश्किल’ चलचित्रमा अनुष्का शर्माले एक क्यान्सर पिडितको भूमिका निभाएकी थिइन्। यस चलचित्रमा उनी बिना कपाल देखे परेकी थिइन्। यस चलचित्रमा उनले निभाएको भूमिककोअ धेरै प्रसंशा मिलेको थियो।
चलचित्रको लागि कपाल मुण्डन गर्ने नायकहरु पनि रहेका छन्। ती मध्ये सबै भन्दा रुचाइएका नायकहरु निम्न छन्।
शाहिद कपूर
चलचित्र ‘हैदर’ मा शाहिद कपूरले पनि टाउको मुण्डन गरेर देखा परेका थिए।
संजय दत्त
नायकहरुमा खलनायक रोल गर्न खप्पिस रहेका संजय दत्तले खेल्ने भुमीकको प्राय चर्चा हुने गर्छन्। चलचित्र अग्निपथ रीमेकमा संजयले आफ्नो टाउको मुण्डन गराएको अवस्थामा देखा परेका थिए। उनको यस भूमिका ज्यादै चर्चित भएको थियो।