ज्योतिषशास्त्रका अनुसार १२ राशिका कुनै न कुनै स्वामी ग्रह रहन्छ। जसको प्रभाव सबै राशिमा पर्छ। मंगल ग्रहलाई ग्रहहरूको सेनापति मानिन्छ। मंगल ग्रहबाट प्रभावित व्यक्तिहरूमा केही विशेष गुणहरू हुन्छन्। जसका कारण उनीहरु निकै भाग्यमानी मानिन्छन्। साथै, मंगल ग्रहको प्रभावले सधैं यी राशिहरूको भाग्यलाई समर्थन गर्दछ। आउनुहोस् जानौं ती राशिका बारेमा।
मेष राशि
मेष राशिमा मंगल ग्रहको शासन हुन्छ। जसका कारण यस राशिका मानिसहरु निकै ऊर्जावान र उत्साहित रहन्छन्। यही ऊर्जाको बलमा यस राशिका व्यक्तिहरूले कठिन कामलाई सहज बनाउँछन्। यस राशिका व्यक्तिहरूले आफ्नो उद्देश्य पूरा गर्न हरसम्भव प्रयास गर्छन्। मंगल ग्रहको प्रभावले भाग्यले पनि साथ दिन्छ।
कुम्भ राशि
कुम्भ राशिमा पनि मंगलको प्रभाव रहन्छ। मंगल ग्रहको प्रभावले यस राशिका मानिसहरु धेरै परोपकारी हुन्छन्। यी मानिस सधैं अरूको हित बारे सोच्छन्। मंगल देवको कृपाले यस राशिका मानिसलाई जीवनमा हरेक सुख प्राप्त हुन्छ। साथै, यी मानिस अरूको तुलनामा भाग्यशाली साबित हुन्छन्।
मकर राशि
मंगल ग्रहको प्रभावका कारण यस राशिका व्यक्तिहरूले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्षम हुन्छन्। उनीहरुमा अथाह धैर्यता क्षमता हुन्छ। यसका साथै, यस राशिका मानिस धेरै बुद्धिमान र गम्भीर स्वभावका हुन्छन्। यस राशिका व्यक्तिले जीवनमा सबै कुरा प्राप्त गर्छन्। यस मामिलामा पनि मकर राशिका मानिसहरु निकै भाग्यमानी हुन्छन्।
वृश्चिक राशि
मंगल ग्रहको प्रभावका कारण यस राशिका मानिसहरु कसैभन्दा कम हुँदैनन्। वृश्चिक राशिका मानिसहरु अरुको तुलनामा बढी ऊर्जावान हुन्छन्। यी मानिस आफ्नो मनको कुरा अरुलाई बताउदैनन्। यस राशिका व्यक्तिले कम मेहनतमा ठूलो सफलता प्राप्त गर्न सक्छन्। साथै मंगल देवको कृपाले पनि धेरै भाग्यमानी हुन्छन्।