हस्तरेखा शास्त्रमा हत्केलाको रेखा बाहेक विशेष चिन्हको पनि विशेष महत्व छ। विभिन्न पर्वतमा रहेका चिन्हहरूले मानिसको जीवनमा प्रगति र पतनको धेरै संकेत दिन्छ। हस्तरेखाशास्त्रका अनुसार हत्केलाका केही चिन्हले शुभ संकेत दिन्छ भने केही अशुभ साबित हुन्छ। वास्तवमा, हत्केलामा केही संकेतहरू छन् जसले व्यक्तिलाई राजकिय सुख दिने विश्वास रहेको छ। आउनुहोस् जानौं यस्ता केही विशेष संकेतहरू बारे।
हत्केतामा रहेका यस्ता चिन्ह मानिन्छ शुभ
हस्तरेखाशास्त्र अनुसार हत्केलामा स्वस्तिक जस्तो चिन्ह हुनु निकै शुभ मानिन्छ। जसको हत्केलामा स्वस्तिक चिन्ह हुन्छ, उनीहरुले अपार धन, सामाजिक प्रतिष्ठा र सबै प्रकारका सुख प्राप्त गर्छन्।
हातमा रहेको शंखको चिन्ह निकै शुभ मानिन्छ। यो चिन्हले व्यक्तिमा समुद्री यात्राको योग बनाउँछ। यसका साथै यस्ता चिन्ह भएका व्यक्तिहरूका लागि वैदेशिक यात्रा पनि निकै शुभ रहन्छ।
यदि हातमा त्रिकोण चिन्ह छ भने, उक्त व्यक्ति ठूलो सम्पत्तिको मालिक हुन्छ। यस्ता व्यक्तिले धन लाभका साथै सामाजिक प्रतिष्ठा पनि पाउँछन्। यसबाहेक पद्म चिन्हले व्यक्तिलाई हरेक काममा सफलता दिलाउँछ। साथै, यस्ता मानिसहरूले राजा जस्तै जीवन बिताउँछन्। उनीहरुले सबै सुख-सुविधा प्राप्त गर्छन्।
हत्केलामा रहेको षटकोण चिन्हले व्यक्तिलाई धनी र धेरै गुणहरूको मालिक बनाउँछ। साथै, चक्रको चिन्हले व्यक्तिलाई समृद्ध र धनी बनाउँछ।
हस्तरेखाशास्त्रका अनुसार हत्केलामा तरवारको निशान धेरै शुभ मानिन्छ। यो चिन्हले व्यक्ति जीवनमा धेरै भाग्यशाली हुनेछ भनेर संकेत गर्छ। यदि हत्केलामा छाताको निशान छ भने यस्ता मानिसले राजा जस्तै जीवन बिताउने गर्छन्। अर्कोतर्फ, हत्केलामा माछाको चिन्ह हुन्छ हुने मानिसको भाग्यले सधैं साथ दिन्छ।