च्याम्पियन्स लिगमा चेल्सीको सहज जित !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ । चेल्सीले घरेलु मैदानमा फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई २–० ले पराजित गरेको हो ।

स्टाम फोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा काई हाभर्टज र क्रिस्टियन पुलिसिसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

खेलको चौथो मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा काई हाभर्टजको प्रहार पोस्टबाट थोरै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुक्यो । आठौं मिनेटमा काई हाभर्टजको गोलमा चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । हाकिम जियाचको कर्नरमा अनमार्क रहेका उनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

१२औं मिनेटमा जोनाथन बाम्वाको प्रयासलाई चेल्सीका डिफेन्डर थियायो सिल्भाले ब्लक गरेपछि लिल बराबरीबाट चुक्यो । १८औं मिनेटमा एङ्गोलो कान्टेको पासमा मार्काेस अलन्सोेले गोल गर्न सकेनन् । ४९औं मिनेटमा बाम्वा चुक्दा लिल पनि बराबरीबाट चुक्यो । ५३औं मिनेटमा कप्तान सिजरको पासमा अलन्सोको प्रहारले पोस्टको दिशा लिन सकेन ।

६३औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले एङ्गोलो कान्टेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो

यो जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके चेल्सी अन्तिम आठमा प्रवेश गर्नेछ । लिललाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ । दोस्रो लेगको खल लिलको मैदानमा १७ मार्चमा हुनेछ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८०८:३८

२०२१ मा सबैभन्दा बढी कुन खेलाडीको जर्सी बिक्यो त ? रोनाल्डो-मेस्सी, को पहिलो स्थानमा ?