ज्योतिषशास्त्रमा ग्रहहरूको सेनापति मानिने मंगल ग्रह २६ फेब्रुअरी २०२२ मा शनिको राशि मकर राशिमा प्रवेश गर्दैछ। मंगल ग्रह साहस, पराक्रम, भूमिको करक ग्रह हो र यसको परिवर्तनले सबै राशिहरूमा ठूलो प्रभाव पार्छ। शनिको राशिमा मंगल ग्रहको प्रवेश धेरै महत्त्वपूर्ण रहनेछ।
मंगल ग्रह मकर राशिमा प्रवेश गर्दैछ भने शनि त्यहाँ पहिले देखि नै अवस्थित छ। ज्योतिषशास्त्रमा शनि र मंगलको मिलन अशुभ मानिन्छ, शनिको राशिमा यो संयोग हुनु निकै चिन्ताजनक मानिन्छ। यस्तो अवस्थाले दुर्घटना, जीवन हानि, विपत्ति आदि निम्त्याउँछ तर केही राशिका लागि यो ग्रह स्थिति शुभ पनि हुन्छ। जान्नुहोस् यो समय कुन-कुन राशिका मानिसलाई शुभ रहन्छ….
मेष राशि
मेष राशिको स्वामी मंगल ग्रह हो, त्यसैले यो राशिलाई सधैं मंगल ग्रहको कृपा मिल्छ। मंगलको यो गोचरले मेष राशिका व्यक्तिहरुको काममा राम्रो फल दिनेछ। नेतृत्व क्षमता बढ्नेछ। नयाँ काम वा व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरूले यो समयमा आफ्नो योजना साकार पार्नेछन्।
सिंह राशि
सिंह राशिका लागि मंगल ग्रहको गोचर निकै शुभ रहनेछ। कार्यक्षेत्रमा तपाईंको कामको खुब सराहना हुनेछ। प्रशंसा र सम्मान प्राप्त हुनेछ। धन लाभ मिल्नेछ। विवाद समाधान हुनेछ।
कन्या राशि
कन्या राशिका लागि मंगल ग्रह मकर राशिमा प्रवेश गर्नाले ठूलो उपलब्धि हुनेछ। रोकिएका महत्वपूर्ण काम अब सम्पन्न हुन सक्नेछन्। विशेषगरी चिकित्सा, सेना र प्रहरीसँग सम्बन्धित व्यक्ति वा यी क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि यो समय निकै शुभ रहेको छ। प्रेम जीवन पनि राम्रो रहनेछ।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले मंगल ग्रहको राशि परिवर्तनका कारण आत्मविश्वास बढेको महसुस गर्नेछन्। यात्राको अवसर रहनेछ र यी यात्राहरूले धेरै फाइदा पनि दिनेछन्। पेशा–व्यवसायका लागि पनि यो समय राम्रो रहनेछ। यो परिवर्तनले जीवनलाई नयाँ दिशा दिनेछ र जीवनलाई राम्रो बनाउनेछ भन्न सकिन्छ। पारिवारिक जीवन पनि सुखद रहनेछ।