च्याम्पियन्स लिगमा आज दुई बम्पर खेल हुँदै: रोनाल्डो याक्सनमा, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज दुई  खेल हुँदैछन्। च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ का दुई खेलहरु आज राति हुने लागेका हुन्। आज राति एकै समयमा दुई खेलमा ४ टोली मैदानमा उत्रनेछन्।

आज राति प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब एटलेटिको म्याड्रिडको सामना गर्नेछ। म्याड्रिडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। युनाइटेड समूहचरणको प्रतियोगितामा समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने म्याड्रिड समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

म्यानचेस्टरले समूह ‘एफ’ मा ३ जीत र २ बराबरीसँगै ११ अंकका साथ अन्तिम १६ मा स्थान बनाएको थियो। त्यस्तै म्याड्रिडले भने समूहचरणका ६ खेलमा २ मात्र जित निकालेको थियो भने १ बराबरी र ३ खेलमा हार बेहोरेको थियो। आज हुने खेलमा दुवै टोली जित निकाल्ने पक्षमा हुनेछन्। खेल भारतीय च्यानल सोनी टेनमा हेर्न सकिनेछ।

त्यस्तै अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले आफ्नो घरेलु मैदानमा डच क्लब बायर्न आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ। सो खेल पनि नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमै शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेनमा हेर्न सकिनेछ।

आयाक्सले च्याम्पियन्स लिगका समूहचरणमा शतप्रतिशत जित निकाल्दै समूह विजेताको रूपमा नक-आउट चरणमा प्रवेश गरेको थियो। त्यस्तै, बेन्फिका भने बार्सिलोना र बार्यन म्युनिख जस्ता महारथी भएका समूहबाट अन्तिम १६ मा समूह उप-विजेताको रूपमा प्रवेश गरेको थियो।

प्रकाशित : बुधबार, फागुन ११, २०७८११:४२

रोनाल्डोको उत्तराधिकारीले गरे रोनाल्डो भन्दा गज्जबको प्रदर्शन, रोनाल्डोलाई पछि पार्ने आशा !