पेरिस सेन्ट-जर्मेनका मिडफिल्डर डानिलो परेराले रियल म्याड्रिडविरुद्धको खेलमा लियोनेल मेस्सीसँग रिसाएको फुटेज बाहिर आएको छ। सात पटकको बालोन डी’ओर विजेताले च्याम्पियन्स लिग राउन्ड अफ १६ को पहिलो लेगको भिडन्तमा पेनाल्टी मिस गरे र फ्रान्सेली अखबार L’Equipe ले उनको प्रदर्शनलाई ३/१० को रेटिङ दियो।

म्याड्रिड विरुद्धको महत्वपूर्ण खेलको एक समयमा आफ्नो टोलीका साथीहरूलाई ट्र्याकिङ ब्याक गर्न सकेनन्। जसको कारण उनी माथि मेस्सीका एक टिममेट निकै क्रोधित भए। पीएसजीले दाहिनेतर्फबाट छोटो कर्नर लियो तर मेस्सीको क्रस क्लियर भयो र रियल काउन्टर आक्रमण गर्न सफल भयो।

जसपछि मेस्सीले भिनिसियस जूनियरलाई ट्याकल गर्ने कमजोर प्रयास गरे, जसको कारण ब्राजिलियन युवा स्टार सजिलै बल अगाडी बढाउन सफल भए। त्यसपछि पनि मेस्सीले बल खोस्ने प्रयास गरेनन्। विपक्षीलाई दबाब दिनुको साट्टो ३४ वर्षीय स्टार मैदानमा लुरुलुरु हिँडे मात्र, जसले ड्यानिलोलाई बनायो।

पोर्चुगिज स्टारले खेल तोड्न रणनीतिक फल गर्नुपर्यो, भिनिसियसलाई पछाडिबाट फल गरेका उनले पहेंलो कार्ड पाए। त्यसको लगत्तै पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी मेस्सीप्रति निकै क्रोधित भए। आरएमसी स्पोर्टबाट पोष्ट गरिएको क्लिपले पोर्टोका पूर्व खेलाडीले बल गुमाएपछि बार्सिलोना लिजेन्डले केही प्रयास नगरेकोमा क्रोधित भएको प्रतिक्रिया देखाएको छ।
Danilo fou de rage contre Messi qui ne revient pas défendre après la perte de balle 😳
📽 @RMCsport https://t.co/kslc0EkMa3
— MMiotto (@Maxmiotto_) February 20, 2022
मेस्सीसँग रिसाउनु धेरै खेलाडीको बसको कुरा नहुन सक्छ। तर डानिलोका लागि भने मेस्सी एक सामान्य टिममेट थिए जसले टोलीलाई खासै मद्दत गरेका थिएनन् र उनले मेस्सीलाई यसबारे जानकारी गराए। उक्त खेल पीएसजीले १-० ले जित्न सफल भयो, किलियन एम्बाप्पेको इन्जुरी समयको विजयी गोलका साथ।

