एट्लेटिको म्याड्रिड भर्सेस म्यानचेस्टर: दुई बाघको मुख गरेका बिरालो क्लबको भिडन्त !

च्याम्पियन्स लिगमा यात्रा निकै लामो रहेपनि एट्लेटिको म्याड्रिड र म्यानचेस्टर युनाइटेडको अन्तिम १६ को खेलको नतिजाले दुबै क्लबको यस सिजनको सफलता निर्धारण गर्ने विश्वास रहेको छ।

विजयी टोलीसँग च्याम्पियन्स लिगको अघिल्लो चरणमा पुग्ने राम्रो अवसर हुनेछ, जबकि हार्ने टोलीले खुब आलोचना खेप्नु पर्ने पक्का रहेको छ। एट्लेटिको र युनाइटेड दुवैले क्रमशः स्पेन र इङ्गल्याण्डमा घरेलु उपाधिका लागि चुनौती दिने आशाका साथ सिजन सुरुवात गरेका थिए, तर दुबै क्लबले आफूहरु लाई रियल म्याड्रिड र म्यानचेस्टर सिटी भन्दा निकै पछि पाएका छन्।

ठूलो अपेक्षा दर्शन सानो 

एट्लेटी साबिक ला लिगा सान्टान्डर च्याम्पियन हो र ट्रान्सफर विन्डोमा रियल म्याड्रिड र बार्सिलोना खासै सक्रिय नभएको कारण पनि उनीहरूले पुन: उपाधिका लागि कडा टक्कर दिने अपेक्षा गरिएको थियो तर अहिले उनीहरु उपाधि दौडमा निकै पछि रहेका छन्।

युनाइटेडको बारेमा कुरा गर्दा रेड डेभिल्स ग्रीष्मकालीन ट्रान्सफर बजारमा धेरै सक्रिय थिए। क्रिष्टियानो रोनाल्डो, राफाएल भारान र जाडोन सान्चो जस्ता खेलाडीहरू अनुबन्ध गरेसँगै क्लबले प्रिमियर लिग उपाधिका लागि म्यानचेस्टर सिटी र लिभरपुललाई चुनौती दिने सोचिएको थियो। तर म्याड्रिड जस्तै युनाइटेड पनि अपेक्षा भन्दा निकै पछाडी परेको छ।

यी दुई टोली र लिग लिडर बीचको अंक दूरीको बारेमा कुरा गर्ने हो भने एटलेटी रियल म्याड्रिड भन्दा १५ अंकले पछि रहेको छ छ र युनाइटेड पेपको टोली सिटी भन्दा १७ अंक पछाडि छ।

च्याम्पियन्स लिग स्थान पनि खतरामा 

सिजनको यस चरणको वर्तमान अवस्थालाई ध्यानमा राख्दा, दुबै टोलीले अर्को सिजन च्याम्पियन्स लिग फुटबलमा फर्कने हो भने आफ्नो लिगमा शीर्ष चारमा पुग्ने सम्भावनामा ध्यान केन्द्रित गर्नुपर्नेछ। यदि त्यसमा असफल भएको खण्डमा च्याम्पियन्स लिग उपाधि जित्नुपर्नेछ, जुन निकै कठिन देखिन्छ।

इङ्ल्यान्डमा, म्यानचेस्टर युनाइटेड वेस्ट ह्याम र आर्सनलसँग चौथो स्थानको लागि लडाईमा छ भने एट्लेटीले रियल बेटिस र बार्सिलोनालाई अर्को सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउन चुनौती दिँदै आएको छ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१५:५५

लिभरपुललाई सिटीसँगको अंक दूरी घटाउने मौका ! खेल कुन च्यानलमा हेर्ने ?