अब डिपेले ढुंगाको चिउरा चलाउनुपर्ने ! बार्सिलोनाको स्क्वाडबाट आउट ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपेसँग जे अपेक्षा गरेको थियो, त्यो हुन सकिरहेको छैन। लियोनेल मेस्सीको बहिर्गमन पछि बार्सिलोनाको आक्रमणलाई डिपेले सम्हाल्ने अपेक्षा गरिएपनि डिपेबाट सन्तोषजनक प्रदर्शन हुन सकिरहेको छैन।

केहि समय अगडी चोटिल भएका उनी मैदान फर्किनेक्रममा छन्। खुट्टामा चोट लागेपछि गएको केहि समय देखि बार्सिलोनाको टोली बाहिर रहेका उनी छिट्टै फर्किने बताइन्छ। आउने एक दुई खेलमै उनी फिर्ता हुने स्पेनिस मिडियाहरु बताउँछन्।

बार्सिलोनाले यहि बिहिबार राति युरोपा लिगमा नापोलीको सामना गर्दैछ। सो खेलका लागि डिपे उपलब्ध हुने उच्च सम्भावना देखिन्छ। तर सो खेलका लागि उपलब्ध नभएको खण्डमा उनी लालिगा अन्तर्गत एथलेटिक क्लब विरुद्धको खेलमा उपलब्ध हुन सकनेछन्।

डिपे जारी सिजनमा बार्सिलोनाका शिर्ष गोलकर्ता हुन्। जारी सिजनमा उनले लालिगामा ८ गोल गरेका छन् भने २ असिस्ट दिएका छन्। लालिगामा १६ खेल खेल्दा उनले यो संख्यामा गोल गरेका हुन्।

अब संघर्ष गर्नुपर्ने

डिपे घाइते भएयता बार्सिलोनाको स्क्वाडमा धेरै परिवर्तन भइसकेको छ। बार्सिलोनामा तीन खेलाडी थप भइसकेका छन्। जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले फेरान टोरेस, एडामा ट्राओरे र पिएरे एमरिक औवामियाङलाई भित्र्याएको थियो।

यी तीन खेलाडीको आगमनसँगै बार्सिलोनामा प्रतिष्पर्धा बढेको छ। अब डिपेले सहजै बार्सिलोनामा मौका पाउन सक्नेछैनन्। भन्ने नै हो भने उनी बार्सिलोनाको शुरुवाती ११ पर्ने कमै सम्भावना देखिन्छ। यति उनी बार्सिलोनाको शुरुवारी ११ मा पर्ने हो भने धेरै नै मिहिनेत गर्नुपर्नेछ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१६:२९

“च्याम्पियन्स लिगमा रोनाल्डोलाई हरेक खेलमा गोलको गन्ध आउँछ”