युनाइटेडमा उथलपुथल, होलसेलमा हुँदै परिवर्तन ! कसले-कसले छाड्ने भए क्लब ? [सूची]

MANCHESTER, ENGLAND - SEPTEMBER 11: Players of Manchester United take part in a minutes applause in remembrance of the victims of the 9/11 terror attacks prior to the Premier League match between Manchester United and Newcastle United at Old Trafford on September 11, 2021 in Manchester, England. (Photo by Laurence Griffiths/Getty Images)

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबमा ‘होलसेल’ परिवर्तनको तयारी गरेको छ। जारी सिजनमा धेरै कम्जोर प्रदर्शन गरिरहेको युनाइटेडले होलसेलमा परिवर्तन गर्ने तयारी गरेको हो।

विभिन्न मिडियाहरुले गरिरहेको दावी अनुसार आउने समरमा युनाइटेडका झन्डै १ दर्जन खेलाडीहरुले क्लब छाड्न सक्छन्। यस्तो दावी ईएसपीएन सहितका विभिन्न संचार माध्यमहरुले गरिरहेका छन्।

ईएसपीएनको एक रिपोर्ट अनुसार आउने समरमा युनाइटेडले ११ जना खेलाडीबाट छुटकारा पाउनेछ। यस सिजनको अन्त्यमा केहि खेलाडीको सम्झौता सकिनेछ भने युनाइटेडले केहि खेलाडी बिक्री गर्नेछ।

पल पोग्बा, एडिन्सन काभानी, जेसी लिंगार्ड र जुआन माटा जस्ता खेलाडीबाट युनाइटेडले समरमै छुटकारा पाउनेछ। एन्थोनी मार्शल र डोनी भ्यान डे बेक अहिले लोनमा क्रमशः सेभिल्ला र एभर्टनमा छन्।

यी दुवै खेलाडी फिर्ता हुने कमै सम्भावना छ। यसबाहेक एक दशकभन्दा बढी समयदेखि क्लबमा रहेका फिल जोन्सले ओल्ड ट्राफोर्ड छोड्न सक्छन्। उनका अलावा नेमान्जा म्याटिकले पनि युनाइटेड छाड्न सक्ने सम्भावना देखिन्छ।

नापोलीमा लोनमा रहेका एलेक्स टुआन्जेबे पनि बिक्री सूचीमा छन्। राम्रो अफर पाएको खण्डमा उनलाई बिक्री गर्ने युनाइटेडको योजना रहेको छ। एरिक बेली र गोलकिपर डीन हेन्डरसनले पनि क्लब छाड्न सक्ने उच्च सम्भावना देखिन्छ। युनाइटेडमा कम मौका पाइरहेका उनी राम्रो अवसर पाउने क्लबमा जान चाहन्छन्।

प्रकाशित : बुधबार, फागुन ११, २०७८२०:१४

रोनाल्डोले खाए हावा, एन्थोनी इलांगाले बचाए युनाइटेडलाई !