• ज्योतिषाचार्य दामोदरनाथ लोहनी
•मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साता पहिलेको भन्दा निकै सप्रिएको छ । सुरुको दिनमा मनमा अलिअलि शङ्का भए पनि त्यसको निवारण चाँडै नै हुनेछ । गरेका काममा राम्रोसँग सफलता मिल्ला । काम गर्ने उत्साह बढी नै रहेको छ । व्यापार–व्यवसायको कामबाट प्रशस्त आय हुनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
पूर्वाद्र्ध त्यति राम्रो छैन । गरेका काममा सफलता नपाउनाले मन खिन्न होला । मङ्गलबारको बेलुकीदेखि मात्र अलिकति सुधार होला कि जस्तो छ । मनमा शङ्काले बढी स्थान ओगट्नाले कुनै पनि काम निश्चित समयमा गर्न सक्नुहुने छैन ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सातालाई मध्यम रूपमा लिन सकिन्छ । सुरुको दिनमा केही सफलता मिले पनि आइतबारदेखि बिहीबारसम्म नै बाधा प्रशस्त आउने छन् । तपाईंको विचारलाई ग्रहण गर्न सक्ने व्यक्तिको कमी छ । व्यवसायबाट सामान्य लाभ मात्र होला । गणेशको दर्शन गरिरहनुहोस् ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
पूर्वाद्र्ध केही मात्रामा राम्रो भए पनि उत्तराद्र्ध त्यति सफलताकारक देखिँदैन । तपाईंले गरेका काममा जस दिनेभन्दा अपजस दिने धेरै हुनेछन् । मनमा तर्क–वितर्क बढी चल्ला । पढाइको क्षेत्रमा समेत प्रशस्त बाधा आउन सक्छ । बेकारको हिँडाइ मात्र होला ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
शनिबार सोचेभन्दा बढी खर्च हुनसक्छ । आइतबारदेखिका दिन भने राम्रा खालका छन् । केही गतिला काम तपाईंको हातबाट सम्पन्न हुनसक्छ । शिक्षाको क्षेत्रमा वर्तमान समय राम्रो छ । परिवारबाट भने त्यति ठूलो मद्दत मिल्ने देखिन्न ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सुरुको दिनमा स्वास्थ्य बाधा होला र स्वास्थ्यका कारणले यो सातामा बढी खर्च गर्नुपर्नेछ । मित्रको सहयोग र परिवारको सल्लाहलाई उपेक्षा नगर्नुहोस्, यसले पनि धेरै मद्दत दिन सक्छ । व्यापार, व्यवसायको क्षेत्रमा राम्रो फाइदा लिन सक्नुहुनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी नै रहनेछ । खर्च प्रशस्त हुने समय छ । मान–प्रतिष्ठा भने बढ्ने देखिन्न । मित्रबाट प्राप्त मद्दतले केही काम गर्न सकिनेछ । प्राविधिकखाले कामबाट बढी आर्जन गर्नुहुनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
खर्च नगरीकन कुनै पनि काम बन्ने छैन । साताको पूर्वाद्र्धमा त अझ बढी नै खर्च होला । मङ्गलबारको दिउँसोदेखि त्यसमा नियन्त्रण आउला । मङ्गलको स्थिति राम्रो भएकाले काम गर्ने उत्साह भने कत्ति पनि घट्ने छैन ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सातालाई नराम्रो भन्न सकिँदैन । अलिकति खर्च बढे पनि केही काममा सफलतासमेत पाउनु हुनेछ । पढाइमा राम्रै प्रगति हुनेछ । व्यापार, व्यवसायतिर लगाएको परिश्रम खेर जाने छैन । सुरुको दिनमा भोजभतेर पर्न सक्छन् र आफ्नै खर्चले पनि केही रमाइला कार्यक्रम गर्नुपर्नेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
खर्च बढी नै रहला । आवश्यक काममा भन्दा विलासिताका काममा नै बढी खर्च हुनेछ । मनोरञ्जन बढी मात्रामा गरिएला । शिक्षाको क्षेत्रमा मध्यम प्रगति मात्र छ । स्वास्थ्यको स्थिति राम्रो देखिँदैन । गणेशको आराधना गरिरहनु पर्नेछ । जागिर मध्यम खालको छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मनमा डर लागिरहला । हातले समातेको व्यवसायमा केही बाधा आउला कि जस्तो छ । आय थोरै र व्यय धेरै हुनाले शङ्का हुनसक्छ । नातेदारबाट त्यति सहयोग पाउनुहोला जस्तो देखिन्न । बिहीबार र शुक्रबार दिन भने सप्रिएका छन् ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
साता मध्यम खालको छ । आधा काम बन्लान् भने आधा बाँकी नै रहनेछन् । पढ्ने र लेख्ने काममा अ ́ै ठूलो गति आएको छैन । खर्च बढी नै रहला । हातले समातेको व्यापार, व्यवसायबाट सामान्य लाभ मात्र लिन सक्नुहुनेछ । परिवार र मित्रको सहयोग भने मिल्ला ।