हालाण्डले कहाँ जाने भनेर निर्णय गर्दै, एक महिना भित्रै टुंगो लाग्ने !

एजेन्सी – बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ ब्राउट हालाण्डले आउने ट्रान्सफर विन्डोमा क्लब परिवर्तन गर्ने पक्का छ। डर्टमण्डले हालाण्डलाई बेच्ने स्पष्ट निर्णय गरिसकेको छ। डर्टमण्डको सो निर्णयसँगै युरोपका धेरै जस्ता ठूला क्लबहरुको ध्यान त्यस तर्फ केन्द्रित भएको अवस्था छ।

हालाण्डलाई भित्र्याउन बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्ता क्लबहरुले भित्र्याउन चाहेका छन्। धेरै क्लबहरुले भित्र्याउन चाहेपनि हालाण्डले भने कुनै निर्णय गरिसकेका छैनन्। तर अब कहाँ जाने निर्णय गर्नको लागि धेरै समय बाँकी छैन।

हालसालै आएको एक खबर अनुसार हालाण्डले कहाँ जाने भनेर आउने एक महिना भित्रै निर्णय गरिसक्ने छन्। डर्टमण्डले हालाण्डलाई आफ्नो भविष्य बारे सक्दो छिटो निर्णय गरिसक्न आग्रण गरेको बताइन्छ।

जर्मन क्लबसँग स्ट्राइकरको हालको सम्झौता सन् २०२४ सम्मको लागि छ। यस सिजनको अन्त्यसँगै सम्झौतामा रहेको रिलिज क्लज सक्रिय हुनेछ। रिलिज क्लजका अनुसार हालाण्डलाई भित्र्याउन चाहने क्लबले ७५ मिलियन युरो तिर्नुपर्नेछ। रिलिज क्लज रकम तिर्न युरोपका धेरै जस्ता ठूला क्लब तयार छन्।

रियल, बार्सिलोना, म्यानचेस्टर सिटी र पिएसजी बीच प्रतिष्पर्धा

हालाण्डलाई लिएर स्पेनिस क्लबहरु रियल म्याड्रिड र बार्सिलोना धेरै गम्भीर देखिन्छन्। यी दुई क्लबले हालाण्डलाई भित्र्याउन अहिले देखि नै तयारी थालिसकेका छन्। त्यस्तै हालाण्डका लागि म्यानचेस्टर सिटी र पिएसजी पनि धेरै खर्च गर्न तयार छन्।

प्रकाशित : शनिबार, फागुन १४, २०७८१३:३४

ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले राजीनामा दिने ! कहिले ?