काठमाडौं – लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर सुनिल बल यसवर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् ।
मछिन्द्रलाई लगातार लिग च्याम्पयन बनाउन सुनिलको महत्वपूर्ण भुमिका रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेको छ । उनले लिगभर ६ गोल गर्न सफल भएका थिए । चोटका कारण सुनिल पछिल्लो दुई खेलमा उपस्थित थिएनन् ।
मछिन्द्रले दुई खेल बाँकी छँदै यो सिजनको लिगको च्याम्पियन बनेको थियो । शनिबार विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो ।
च्याम्पियन र अपराजित रहने क्रममा मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो । मछिन्द्रले लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबसँग गोलरहित बराबरी खेल्दा ११ खेलमा जित निकाल्यो ।
फेयर प्ले टिम – सातदोबाटो युथ क्लब (नगद २ लाख रुपैया)
उदियमान खेलाडी – दिनेश हेन्जन (आर्मी), बागमती प्रदेशबाट १ लाख ५० हजार रुपैया
गोलरक्षक – विशाल श्रेष्ठ (मछिन्द्र) २ लाख रुपैया
सर्वाधिक गोलकर्ता – जमोल एन्थोनी फ्रान्कोइस (फ्रेन्ड्स) र मेसुके ओलुमोउ (एनआरटी) ७ गोल कम समय खेलेको आधारमा जमोल एन्थोनीलाई प्रदान