रुसको आक्रमणका बीच दुई युक्रेनी खेलाडी आमने-सामने हुँदा भए भावुक, दृश्य देख्ने पनि सबै भावुक भए ! [भिडियो सहित]

एजेन्सी – एभर्टन र म्यानचेस्टर सिटी दुवैले युक्रेनका लागि समर्थन देखाएका छन्। शनिबार राति प्रिमियर लिग अन्तर्गत एक-अर्काको सामना गर्नु अगाडी दुवै क्लबले युक्रेनको पक्षमा देखिए।

खेल शुरु हुनु अगाडी दुवै क्लबले रसियाले युक्रेनको गरेको आक्रमणको सांकेतिक विरोध जनाए। म्यानचेस्टर सिटीका खेलाडीहरु ‘नो वार’ लेखिएको टिसर्टमा देखिएका थिए भने एभर्टनका खेलाडीहरु युक्रेनको झण्डा सहित मैदानमा उत्रिएका थिए।

दुवै टोलीमा युक्रेनी खेलाडी छन्। सिटीमा ओलेक्सान्डर जिन्चेन्को छन् भने एभर्टनमा भिटाली माइकोलेन्को रहेका छन्। वार्म-अपको क्रममा जिन्चेन्को र माइकोलेन्को बीच भावुक कुराकानी समेत भयो। दुवै बीचको कुराकानी क्यामेरामा समेत कैद भएको थियो। सो भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। कुराकानीका क्रममा दुवै भावुक भएको भिडियोमा देख्न सकिन्छ।

गएको केहि दिन देखि रुसले युक्रेनमा आक्रमण गरिरहेको छ। रुसले आक्रमण थालेपछि युक्रेनको अवस्था तनावग्रस्त बनेको छ। यस बीचमा कयौं युक्रेनीको ज्यान गइसकेको छ भने गयौं घर छाड्न बाध्य भएका छन्।

एभर्टन पराजित

शीर्षस्थानमा रहेको सिटीले एभर्टनलाई उसकै मैदानमा १–० ले पराजित गर्यो। सिटीको जितमा फिल फोडेनले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा फोडेनले ८२औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८०९:४४

सिटीले बढायो अग्रता, लिभरपुल ६ अंकले पछाडी !