एजेन्सी – शनिबार राति म्यानचेस्टर युनाइटेड रेलिगेसन जोनको वाट्फोर्डसँग बराबरीमा रोकियो। निकै कम्जोर आँकिएको वाट्फोर्ड विरुद्ध पनि युनाइटेडका खेलाडीहरुले गोल गर्न सकेनन्।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडले अन्तिम समय सम्म आक्रमणको प्रयास गर्यो। युनाइटेडले बलमा मात्रै राम्रो पकड राख्नेन, खेलको अन्तिम समय सम्म नै आक्रमणको प्रयास गरिरह्यो।
बलमा युनाइटेडको ६८ प्रतिशत पकड थियो। खेलभर युनाइटेडको तर्फबाट कुल २२ प्रहार भएका थिए। ती मध्ये मात्रै तीन प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहारले गोलपोस्ट चुम्न भने सकेनन्।
वाट्फोर्डका डिफेन्डर र गोलरक्षकका अगाडी युनाइटेडका फरवार्डहरु कम्जोर देखिएका थिए। युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोको तर्फबाट पनि केहि प्रहारहरु भए। रोनाल्डोले एक प्रहारले गोलपोस्ट त चुम्यो, तर अफसाइडका कारण सो गोलले मान्यता पाएन।
निराश रोनाल्डो
It ends 0-0 at Old Trafford 🤝
Manchester United players can’t believe they haven’t scored 😳 pic.twitter.com/8PaHBkdqtW
— Football Daily (@footballdaily) February 26, 2022
खेल सकिएपछि युनाइटेडका खेलाडीहरु धेरै नै निराश देखिएका थिए। रोनाल्डोको पनि उस्तै हालत थियो। रोनाल्डो समेत धेरै निराश देखिएका थिए। खेल सकिएको सिठ्ठी बजेपछिको पलमा क्यामरामा कैद हुँदा रोनाल्डोको छटपटी स्पष्टसँग देख्न सकिन्थ्यो।
शिर्ष चारमा टिकिरहन कठिन
वाट्फोर्ड विरुद्ध अंक बाँडेपछि युनाइटेडले ४७ अंक बनाएको छ। सिजनका २७ खेल खेल्दा युनाइटेडले यति अंक बनाएको हो। युनाइटेडका निकटतम प्रतिद्वन्दी क्लबहरुले युनाइटेड भन्दा कम खेल खेलेका छन्। युनाइटेड भन्दा टीम कम खेल खेलेको आर्सनल ४५ अंक सहित पाँचौ स्थानमा छ।
त्यस्तै छैठौं स्थानको वेष्ट ह्यामले पनि युनाइटेड भन्दा एक खेल कम खेलेको छ। सातौं स्थानको टोटेन ह्यामले समेत युनाइटेड भन्दा दुई खेल कम खेलेको छ।