हालाण्ड बार्सिलोना, रियल नजाने ! कहाँ जान लागे ?

एजेन्सी – प्रिमियर लिग च्याम्पियन्स म्यान म्यानचेस्टर सिटीले एर्लिङ हालाण्ड भित्र्याउने दौडमा ठूलो छलाङ्ग मारेको छ। विभिन संचार माध्यमहरुले गरेको दावी अनुसार हालाण्ड भित्र्याउने दौडमा सिटी सबै भन्दा अब्बल देखिएको छ।

पहिला हालाण्ड भित्र्याउने दौडमा अलि पछि देखिएको सिटी अहिले आएर सबै भन्दा अगाडी देखिएको हो। सिटी सो दौडमा रियल म्याड्रिड र बार्सिलोना भन्दा पनि अगाडी देखिएको छ। एक जर्मन मिडियाका अनुसार हालाण्ड लालिगा जाने भन्दा पनि प्रिमियर लिग जाने सम्भावना बढेर गएको छ।

एक महिना भित्र गर्दै निर्णय

हालाण्डलाई भित्र्याउन बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्ता क्लबहरुले भित्र्याउन चाहेका छन्। धेरै क्लबहरुले भित्र्याउन चाहेपनि हालाण्डले भने कुनै निर्णय गरिसकेका छैनन्। तर अब कहाँ जाने निर्णय गर्नको लागि धेरै समय बाँकी छैन।

हालसालै आएको एक खबर अनुसार हालाण्डले कहाँ जाने भनेर आउने एक महिना भित्रै निर्णय गरिसक्ने छन्। डर्टमण्डले हालाण्डलाई आफ्नो भविष्य बारे सक्दो छिटो निर्णय गरिसक्न आग्रह गरेको बताइन्छ।

जर्मन मिडिया विल्डका अनुसार हालाण्ड सिटीको मुख्य टार्गेट हुन्। ह्यारी केनलाई भित्र्याउने योजना असफल भएपछि अब सिटीको ध्यान हालाण्ड तर्फ केन्द्रित भएको विल्डको भनाई छ।

सिटी पछिल्लो समय प्रिमियर लिग मात्रै नभई युरोपकै बलियो क्लबको रुपमा देखा परेका कारण पनि हालाण्डले सिटी रोज्न सक्ने विल्डले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८०९:२०

लगातार चम्किँदै औवामियाङ, सहि बाटोमा बार्सिलोना !