क्रिस्टियानो रोनाल्डो ३७ वर्षको उमेरमा पनि प्रभावशाली खेलाडी हुन् र म्यानचेस्टर युनाइटेडको समस्याको बाबजुद पनि यो सिजन १५ गोलका साथ रोनाल्डो क्लबका उच्च गोलकर्ता हुन्।

यद्यपि, फ्रान्सेली विश्वकप विजेता फ्रान्क लेबोउफले पोर्चुगिज सुपरस्टारलाई फुटबलबाट निकै तल झरेर सन्यास लिनु भन्दा उच्च स्तर मै हुँदा सन्यास लिने विचार गर्न आग्रह गरेका छन्। ५ पटकका ब्यालोन डी ओर विजेता अहिले रियल म्याड्रिडमा भए जस्तो खेलाडी स्पष्ट रूपमा छैनन्, र पूर्व फ्रान्सेली खेलाडीका अनुसार रोनाल्डोले आफ्नो करियर लम्ब्याएर आफू कमजोर हुनुको सट्टा उच्च स्तरमा खेल जीवनलाई बिदा गर्नु उत्तम हुने सल्लाह दिएका छन्।

“के तपाईंलाई थाहा छ? मलाई लाग्छ कि एक समय यस्तो पनि थियो जहाँ तपाईंले सोच्नुहुन्छ: ‘मैले मेरो जीवन र मेरो करियरमा के गरें’,” फ्रान्सेलीले ईएसपीएनलाई भने, “र सायद यहि समय हो, क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको अन्त्यको बारेमा आफैंसँग छलफल गर्ने, र आफ्नो परिवारका केही सदस्यहरूसँग आफ्नो बाँकी करियरमा के गर्नुपर्छ भनेर सल्लाह गर्ने समय आएको छ।”

“म रोनाल्डोलाई हेरेर दया गर्न चाहन्न, किनभने उनी धेरै वर्षदेखि शीर्षमा रहेका खेलाडी हुन्। म उनी सामान्य खेलाडी बनुन् भन्ने चाहन्न। उनी लामो समयदेखि निकै उत्कृष्ट खेलाडी रहेका छन्,” उनले थपे, “म उनले अझ २-३ वर्ष खेलेर सामान्य खेलाडी भएको भन्दा उच्च स्तर मै रहेर सन्यास लिएको हेर्न चाहन्छु।”

