एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?

हप्ताको पहिलो दिन ओरालो लागेको सुनको भाउ सोमबार भने ह्वात्तै बढेको छ। शुक्रबारको तुलनामा आइतबार १ हजार ४ सय रुपैयाँले भारी गिरावट आएको सुनको भाउमा सोमबार भने भारी वृद्धि आएको हो।

सोमबार तेजाबी सुनको मूल्य एकैदिन १ हजार ६ सय रुपैयाँले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि १ हजार ६ सय रुपैयाँले बढेको छ। आइताबार तोलाको ९६ हजार १ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य सोमबार ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य

सुनको भाउमा भारी वृद्धि आएको दिन चाँदीको भाउ पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको १२ सय ९५ मा किनबेच भएको चाँदी सोमबार ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८११:२२

ग्रीन भेन्चर्सको आइपिओमा आवेदन दिन म्याद थप !