भोलि अर्थात फागुन १७ गते, मंगलबार महाशिवरात्रि परेको छ। भगवान शिव र माता पार्वतीको विवाहको दिनमा आकाशमा रहेका ग्रहहरूले पनि ठूलो संयोग बनाउँदैछन्। ज्योतिषशास्त्रका अनुसार महाशिवरात्रिको दिन शनिको राशि मकर राशिमा चन्द्रमा, शनि, शुक्र, बुध र मंगल मिलेर पञ्चग्रही योग बन्नेछ। ५ राशिका मानिसहरुका लागि ग्रहहरुको यो महासंयोग निकै शुभ रहनेछ। यी राशिका व्यक्तिहरूलाई शिवको अपार कृपा प्राप्त हुनेछ। धन आर्जन हुनुका साथै ठूलो सफलता पनि मिल्नेछ।
मेष राशि

मेष राशिका मानिसहरूलाई यस महाशिवरात्रिमा भगवान शिवको विशेष आशीर्वाद प्राप्त हुनेछ। धन लाभ हुनेछ, जसले आर्थिक अवस्था मजबुत बनाउँछ। व्यवसायीहरु विशेषगरी लाभान्वित हुने सम्भावना छ। यो समय भाग्यमा वृद्धि हुनेछ, जसका कारण रोकिएका काम पनि हुन थाल्नेछ।
वृष राशि

वृष राशिका व्यक्तिहरूका लागि महाशिवरात्रिमा हुने ग्रहहरूको ठूलो संयोगले भाग्यमा परिवर्तन ल्याउनेछ। भाग्यको सहयोगले हरेक काममा सफलता मिल्नेछ। रोकिएको धन फिर्ता हुनेछ। प्रेम सम्बन्ध निकै मजबूत हुनेछ। कल्याणका लागि महाशिवरात्रिमा भगवान शिवलाई उखुको रस र दूधले अभिषेक गर्नुहोस्।
मिथुन राशि

महाशिवरात्रिको दिन मिथुन राशिका व्यक्तिहरूले केही शुभ समाचार पाउन सक्छन्। साथै यस दिन भोलेनाथको विशेष आशीर्वाद प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।
तुला राशि

यो महाशिवरात्रिले तुला राशिका मानिसका लागि भौतिक सुखमा वृद्धि गर्नेछ। धन लाभ हुनेछ। विलासिताका सामान किन्न सकिनेछ। कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ। करियरका लागि यो समय निकै राम्रो रहनेछ। रमणीय यात्रामा जाने योग पनि बनिरहेको छ।
मकर राशि
![]()
मकर राशिमा ग्रहहरुको संयोग बन्ने भएकाले यस राशिका मानिसहरुलाई सबैभन्दा शुभ प्रभाव मिल्ने छ। करियर र व्यापारमा ठूलो प्रगति गर्न सकिनेछ। पदोन्नति, नयाँ जागिर, तलब वृद्धि हुने प्रवल सम्भावना छ।

