आज राति गर्नुहोस् यस्तो एक उपाय, जीवनभर जता-ततैबाट मिल्नेछ शुभ फल !

फागुन कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रि पर्व मनाइन्छ। यस दिन भगवान विष्णु र ब्रह्माले पहिलो पटक शिवलिंगको पूजा गरेका थिए। आज अर्थात फागुन १७ गते मंगलबार महाशिवरात्रि परेको छ। यस दिन व्रत, रुद्राभिषेक, पूजा–आराधनाको ठूलो महत्व रहेको छ। यसका साथै महाशिवरात्रिको दिन सबै प्रकारका दु:ख र कष्टबाट मुक्ति पाउनको लागि पनि विशेष छ। यस दिन गरिने विशेष पूजा, मन्त्र जप, युक्ति र उपायले चाँडो प्रभाव पार्छ।

यस्तो उपायले हटाउनेछ सबै ग्रह दोष 

भगवान शिव ब्रह्माण्डको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ सबै ग्रह, नक्षत्र, तंत्र-मन्त्र र ज्योतिषका पिता हुनुहुन्छ। त्यसैले तन्त्र-मन्त्र र ज्योतिषीय उपाय गर्नका लागि महाशिवरात्रिको दिन विशेष रहेको छ। यस दिन गरिएका उपायहरूले चाँडै फल दिन्छन्। अर्कोतर्फ कुण्डलीका ग्रह दोष हटाउनका लागि महाशिवरात्रिको दिनलाई उत्तम मानिन्छ। यस दिन शिवको पूजासँगै नवग्रहको पूजा गर्नाले ग्रहको अशुभ प्रभावबाट मुक्ति मिल्छ।

अशुभ ग्रहले पनि दिनेछ शुभ फल 

शिव प्रसन्न भएमा कुण्डलीका अशुभ ग्रहहरूले पनि शुभ फल दिन थाल्छन्। यसका लागि महाशिवरात्रिको दिन नवग्रहहरूलाई प्रसन्न पार्न मध्यरातमा २१ पटक नवग्रह कवचको पाठ गर्नुहोस्। यसो गर्नाले नवग्रहहरू प्रसन्‍न हुनेछन् र तिनीहरूबाट हुने दुःखको अन्त्य हुनेछ। नवग्रह कवच पढ्दा, तपाईंले सफा लुगा लगाएको हुनुपर्छ, यदि सम्भव छ भने, मन्त्र जप गर्नु अघि स्नान गर्नुहोस्। यो पाठ गर्दा ऊनी आसनमा बसेर शुद्ध घिउको दियो बाल्नुहोस्। पूर्ण एकाग्रता र भक्तिका साथ नवग्रह कवच पाठ गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१२:०९

अबको एक महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् मार्च महिनाको राशिफल !