शिवरात्रिबाट सुरु भयो ‘अग्नि पञ्चक’: यो ५ दिन नगर्नुहोस् यस्ता कार्य, हुन्छ निकै अशुभ !

पञ्चक भन्ने शब्द प्रायः सबैले सुनेको नै हुनुपर्छ। के हो यो पञ्चक ? वैदिक ज्योतिष शास्त्र अनुसार पञ्चकलाई अशुभ समय मानिन्छ। यो अवधिमा धेरै महत्त्वपूर्ण कामहरू गर्न निषेध गरिएको छ। चन्द्रमा कुम्भ र मीन राशिमा हुँदा यस अवधिलाई पञ्चक भनिन्छ। नक्षत्रलाई हेर्दा धनिष्ट नक्षत्रदेखि रेवतीसम्म आउने पाँच नक्षत्रलाई पञ्चक भनिन्छ। आज महाशिवरात्रिको दिनबाट पञ्चक सुरु भएको छ।

पञ्चाङका अनुसार फाल्गुन कृष्ण पक्ष चतुर्दशी अर्थात फागुन १७ गते बेलुकी ४:४७ बजेदेखि पञ्चक प्रारम्भ हुनेछ। यस दिन चन्द्रमाको गोचर धनिष्ठ नक्षत्रमा हुनेछ। पञ्चक फागुन २२ गते बिहान २:४५ बजे समाप्त हुनेछ। यस दिन फागुन महिनाको चतुर्थी तिथि रहनेछ र नक्षत्र अश्विनी रहनेछ। यो समयमा चन्द्रमाले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछ। यसलाई ‘अग्नि पञ्चक’ भनिनेछ।

ज्योतिषशास्त्रका अनुसार पञ्चक ५ प्रकारका हुन्छन्:

रोग पञ्चक : आइतबार पञ्चक प्रारम्भ हुँदा त्यसलाई रोग पञ्चक भनिन्छ।

राज पञ्चक : सोमबार पञ्चक प्रारम्भ हुँदा त्यसलाई राज पञ्चक भनिन्छ।

अग्निपञ्चक : मंगलबार पञ्चक प्रारम्भ हुँदा त्यसलाई अग्निपञ्चक भनिन्छ।

मृ-त्यु पञ्चकः शनिबारबाट पञ्चक प्रारम्भ हुँदा त्यसलाई मृ-त्यु पञ्चक भनिन्छ।

चोर पञ्चक : शुक्रबार पञ्चक प्रारम्भ हुँदा त्यसलाई चोर पञ्चक भनिन्छ।

अग्नि पञ्चकमा यी कामहरू नगर्नुहोस्ः 

ज्योतिष शास्त्रका अनुसार यी पाँच दिनमा अदालतसँग सम्बन्धित निर्णय, कुनै पनि किसिमको कानुनी मुद्दा, बहस आदि कुनै पनि कुरामा आफ्नो हक प्राप्त गर्ने काम गर्न सकिन्छ।

यो समयमा अग्निको डर हुन्छ। यस अवधिमा कुनै पनि प्रकारको निर्माण कार्य, औजार तथा मेसिनरी सम्बन्धि काम सुरु गर्नु अशुभ मानिन्छ।  किनभने यी काममा घाटा हुने सम्भावना रहन्छ।  यस समयमा रिस, अहंकार आदिको त्याग गरी मिठो बोली मात्र प्रयोग गर्नुपर्छ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१४:२६

१२ वर्षपछि कुम्भ राशिमा बन्यो यस्तो संयोग: यी ३ राशिलाई अत्यन्त शुभ, कुन-कुन ?