ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तनलाई धेरै महत्त्वपूर्ण मानिन्छ। ग्रह परिवर्तनले मानव जीवनमा पूर्ण प्रभाव पार्छ। ग्रह परिवर्तनका कारण कतिपय राशिलाई शुभ र कतिपय राशिलाई अशुभ फल मिल्छ। आजबाट सुरु भएको मार्च महिनामा सूर्य, शुक्र र बुधले राशि परिवर्तन गर्नेछन्। यस महिनामा सूर्य, शुक्र र बुधको परिवर्तनले कुन राशिलाई फाइदा पुग्छ भन्ने बारे जानौं।
मेष राशि

यस अवधिमा पारिवारिक सम्बन्धमा मधुरता बढ्नेछ। जागिर खोज्नेहरूले राम्रो नतिजा हात पार्न सक्छन्। आत्मविश्वास बढ्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। धन लाभ हुनेछ, जसको कारण आर्थिक पक्ष बलियो हुनेछ।
मिथुन राशि

धन सम्बन्धि मामिलामा सफलता मिल्नेछ। समाजमा मान सम्मान बढ्नेछ। पद-प्रतिष्ठा बढ्नेछ। यदि तपाईं लगानी गर्ने योजना गर्दै हुनुहुन्छ भने यो समय तपाईंका लागि लाभदायक साबित हुनेछ। लेनदेनका लागि राम्रो समय छ।
वृश्चिक राशि

यस समयमा तपाईंको मान-सम्मान बढ्नेछ। कार्यस्थलमा लाभ मिल्नेछ। यस महिनाको गोचर अवधिमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। व्यापारीहरूले नाफा कमाउन सक्छन्।
मकर राशि

यस अवधिमा तपाईंले आफ्ना शत्रुहरूलाई जित्नुहुनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखद रहनेछ।

