इन्टरनेशनल फेडेरेसन अफ प्रोफेसनल फुटबलर (फिफ्प्रो) ले युक्रेनमा रुसको सैन्य कारबाहीका कारण दुई युक्रेनी खेलाडीको ज्यान गएको घोषणा गरेको छ।

२१ वर्षीय भिटाली सापाइलो र २५ वर्षीय दिमिट्रो मार्टिनेन्को ले युक्रेन-रुस बीच जारी रहेको युद्धमा ज्यान गुमाएका हुन्। सापाइलो कार्पाटी एलभिब क्लबको युवा टोलीको हिस्सा रहेका थिए। उनको क्लबले आफ्नो खेलाडीको शुक्रबार ज्यान गएको सार्वजनिक गरेको हो।

त्यस्तै, एफसी गोस्टोमेलका लागि खेल्दै आएका मार्टिनेन्कोको रुसी आक्रमणकारीले गरेको एक आक्रमणको क्रममा आफ्नै घरमा निधन भएको पुष्टि भएको छ। “हाम्रो साथ युवा युक्रेनी फुटबलरहरू भिटाली सापाइलो (२१) र दिमिट्रो मार्टिनेन्को (२५) को परिवार, साथीहरू र टोलीका साथीहरूसँग छ, यस युद्धमा फुटबलको पहिलो रिपोर्ट गरिएको हार,” फिफ्प्रो ले घोषणा गर्यो, “दुबैको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस्।”

