“रोनल्डोलाई बुढेसकालले समात्यो, बुढा घुँडा लिएर कति खेल्छौ?”

एस्टन भिल्लाका पूर्व फरवार्ड गेब्रियल एग्बोनलाहोरले म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो उमेरका कारण सुस्त भएको दाबी गरेका छन्। ३७ वर्षीय पोर्चुगिज स्टारले अब आक्रमण पङ्क्तिमा धेरै प्रभाव पार्न नसक्ने र सुरुवाती ११ मा आफ्नो स्थान स्थायी गर्न नसक्ने अग्बोनाहोरले बताए।

रोनाल्डो जारी सिजन सबै प्रतियोगिताहरूमा युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका छन्। तर २०२२ वर्ष लागेपछि पूर्व रियल म्याड्रिड स्टारले मात्र एक गोल गर्न सफल भएका छन्। फुटबल इनसाइडरसँग विशेष कुरा गर्दै, एग्बोनलाहोरले रोनाल्डोको हालैको संघर्षको बारेमा भने: ‘म्यान युनाइटेडका धेरै फ्यानहरूका लागि अहिले रोनाल्डोलाई हेर्दा पीडादायी हुनसक्छ। उनी ३७ वर्षका भइसके, उनले अन्य खेलाडीलाई पाँच वा छ वर्षमा पछाडि छाडेका छन्। तर तपाईं बुढेसकाल लुकाउन सक्नुहुन्न। उमेरले सबैलाई समात्छ, र सायद रोनाल्डोलाई पनि अब समात्यो।”

“उनको खुट्टा थाकेको देखिन्छ। उनी फुर्तिला र तिखा छैनन्। उनी अगाडिबाट प्रेसर पनि होइनन्। यी सबै कुरालाई मध्यनजर गर्दा उनलाई सुरुवाती ११ मा खेलाई राख्नुको अर्थ छैन,” उनले थपे, “तर क्लबमा अरु को छ? तिनीहरूसँग त्यहाँ धेरै विकल्पहरू छैनन्। जबसम्म उनीहरूले रासफोर्डलाई स्ट्राइकर वा फल्स नाइनको रूपमा खेलाउँदैनन्। रोनाल्डो र काभानीलाई अर्को सिजनका लागि विकल्पको रूपमा देखिएमा यो म्यान युनाइटेडका लागि ठूलो चिन्ताको विषय हुनेछ।”

प्रकाशित : बुधबार, फागुन १८, २०७८११:५०

घर न घाटका भए सुआरेज, एट्लेटिकोमा भयो बिचल्ली !