बार्यन म्युनिख छाड्ने लेवान्डोस्कीको सङ्केत, कताको बाटो तताउलान् त ?

बायर्न म्युनिखका सुपरस्टार रोबर्ट लेवान्डोस्कीले आफ्नो भविष्यको बारेमा निर्णय गर्न बाँकी रहेको र ‘सबै कुराका लागि खुला’ रहेको स्वीकार गरेका छन्।

३३ वर्षीय खेलाडी विश्वका उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन् र २०१९ देखि अनगिन्ती गोल गर्दै आएका पूर्व डर्टमण्ड स्टार हाल करियर कै उच्च लयमा रहेका छन्। यस सिजन पनि उनले बायर्नका लागि हालसम्म ३३ खेलमा ३९ गोल गरिसकेका छन्। तर हाल लेवान्डोस्कीको भविष्य अनिश्चित रहेको छ।

जर्मन च्याम्पियन्ससँग पोलिस स्टारको सम्झौता अब एक सिजनका लागि मात्र रहेको छ र करियरको यो चरणमा नयाँ चुनौतीको बारेमा बिचार गर्न सक्छन्। पछिल्ला २ पटकका फिफा द बेस्ट अवार्ड विजेता स्ट्राइकरले स्काई स्पोर्ट डचल्याण्ड द्वारा प्रश्न सोध्दा भने, “म सबै कुराको लागि खुला छु। म अहिले शान्त बस्छु। अर्को खेलमा के हुन सक्छ भन्ने कुरामा सधैं आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्षम हुनु मेरो लागि महत्त्वपूर्ण छ। सम्झौताको सन्दर्भमा गर्न बाँकी रहेको सबै कुरा दोस्रो मुद्दा हो र पृष्ठभूमिमा रहन्छ।”

लेवान्डोस्कीले जून २०१० मा छ वर्षको उमेरमा आफ्नो जन्मस्थान पोल्याण्ड छोडेदेखि जर्मनीमा मात्र खेलेका छन्, २०१४ बायर्नमा फ्री-ट्रान्सफरमा अनुबन्ध हुनुअघि उनले अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेलेका थिए। उनी यो सिजन आफ्नो १० औं बुन्डेसलिगा उपाधि जित्ने र २०२० पछि च्याम्पियन्स लिग जित्ने प्रयासमा रहेका छन्।

उनको उमेरले कुनै पनि स्थानान्तरण अपेक्षाकृत छोटो अवधिको बनाउने भएपनि यदि उनले म्युनिख छाड्ने निर्णय गरेको खण्डमा युरोपमा ठूला भन्दा ठूला क्लब पोलिस स्टारलाई अनुबन्ध गर्न आतुर रहेका छन्।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१५:४३

हालाण्डका एजेन्ट र सिटीका खेलकुद निर्देशक बीच भेट, सिटी जाने सम्भावना बढ्यो !