ओरालो यात्रामा रोनाल्डो, बजार मूल्यमा यी पाँच डिफेन्डरले पनि पछि पारे !

एजेन्सी – क्रिस्टियानो रोनाल्डो निसन्देह फुटबल इतिहाँसका उत्कृष्ट खेलाडी मध्ये एक हुन्। रोनाल्डोले आफ्नो खेल जीवनमा जुन स्तरको खेल प्रदर्शन गरेका छन्, सायदै अन्य खेलाडीले त्यस्तो गर्न सक्लान्। लगातार डेढ दशक सम्म फुटबलमा राज गरेका उनी अब आएर भने केहि कम्जोर देखिन थालेका छन्। यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्।

अहिले रोनाल्डोको ट्रान्सफर बजारमा पनि त्यस्तो धेरै माग छैन। ट्रान्सफर बजारमा रोनाल्डोको माग र मूल्य समेत घटिसकेको छ। ट्रान्सफर मार्केटका अनुसार हालको अवस्थामा रोनाल्डोको मूल्य साढे ३१ मिलियन पाउण्ड छ।

रोनाल्डोको यो मूल्य लगभग १ दशक भन्दा बढी समयकै कम हो। युनाइटेड पुगेपछि खासै उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेका उनको ट्रान्सफर मार्केट मूल्य घटेर साढे ३१ मिलियन पाउण्डमा झरेको ट्रान्सफरमार्केट डट कमले जनाएको छ।

बजार मूल्यमा रोनाल्डोलाई धेरै खेलाडीहरुले पछि पारिसकेका छन्। बजार मूल्यको कुरा गर्नुपर्दा रोनाल्डो एडमन्ड ट्याप्सोबा, फिकायो तोमोरी, डिएगो कार्लोस, अलेसेन्ड्रो बास्टोनी, कागलर सोयुंकु जस्ता डिफेन्डर भन्दा पनि सस्ता भएका छन्।

बुन्डेसलिगा क्लब बायर लेभरकुसेनका डिफेन्डर एडमन्ड ट्याप्सोबाको बजार मूल्य ३६ मिलियन पाउण्ड रहेको छ। यो मूल्य रोनाल्डो भन्दा साढे ४ मिलियन पाउण्डले बढी हो। त्यस्तै इटालियन क्लब एसी मिलानका फिकायो तोमोरी पनि रोनाल्डो भन्दा महँगा छन्। उनको बजार मूल्य साढे ४० मिलियन पाउण्ड रहेको छ।

यस्तै लेस्टर सिटीका डिफेन्डर कागलर सोयुंकु र सेभियाका डिएगो कार्लोस पनि रोनाल्डो भन्दा महँगा छन्। दुवैको बजार मूल्य साढे ४० मिलियन पाउण्ड रहेको छ। ५४ मिलियन पाउण्ड मूल्य रहेका अलेसेन्ड्रो बास्टोनी पनि रोनाल्डो भन्दा महँगा खेलाडीमा पर्छन्।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१४:२७

बार्यन म्युनिख छाड्ने लेवान्डोस्कीको सङ्केत, कताको बाटो तताउलान् त ?