हालाण्डका एजेन्ट र सिटीका खेलकुद निर्देशक बीच भेट, सिटी जाने सम्भावना बढ्यो !

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्डका एजेन्ट र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका अधिकारीहरु बीच भेटघाट भएको खुलासा भएको छ। खेलाडी ट्रान्सफर मार्केटका राम्रो जानकारी राख्ने फाब्रिजियो रोमानोले हालाण्डका एजेन्ट र सिटीका खेलकुद निर्देशक बीच भेटघाट भएको खुलासा गरेका हुन्।

हालसालै हालाण्डका एजेन्ट मिनो राइओला र सिटीका खेलकुद निर्देशक टिकी बेगिरिस्टेन बीच भेटघाट भएको र सो क्रममा दुई बीच हालाण्डका विषयमा विस्तृत छलफल भएको रोमानोको दावी छ।

भेटघाटका क्रममा बेगिरिस्टेनले हालाण्डको विषयमा सिटी गम्भीर रहेको जानकारी गराएका थिए। उनले राइओलालाई हालाण्डलाई क्लबको दिर्घकालिन योजनामा राख्न चाहेको पनि बताएका थिए। दुई बीच आर्थिक विषयमा पनि छलफल भएको बताइएको छ।

हालाण्ड भित्र्याउने सिटीको चाहना 

गत वर्ष सिटीले टोटेनह्यामका ह्यारी केनलाई भित्र्याउन सक्दो प्रयास गरेको थियो। तर केनलाई बिक्री गर्न टोटेनह्याम तयार नहुँदा सिटीको प्रयास त्यसै खेर गएको थियो। सिटीलाई एक अब्बल स्ट्राइकर चाहिएको छ। यस्तोमा सिटीको ध्यान अहिले हालाण्ड तर्फ केन्द्रित भएको छ।

सिटीले एर्लिङ हालाण्ड भित्र्याउने दौडमा ठूलो छलाङ्ग मारेको विभिन संचार माध्यमहरु बताउँछन्। पहिला हालाण्ड भित्र्याउने दौडमा अलि पछि देखिएको सिटी अहिले आएर सबै भन्दा अगाडी देखिएको बताइन्छ। सिटी सो दौडमा रियल म्याड्रिड र बार्सिलोना भन्दा पनि अगाडी देखिएको छ। एक जर्मन मिडियाका अनुसार हालाण्ड लालिगा जाने भन्दा पनि प्रिमियर लिग जाने सम्भावना बढेर गएको छ।

एक महिना भित्र गर्दै निर्णय

हालाण्डलाई भित्र्याउन बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्ता क्लबहरुले भित्र्याउन चाहेका छन्। धेरै क्लबहरुले भित्र्याउन चाहेपनि हालाण्डले भने कुनै निर्णय गरिसकेका छैनन्। तर अब कहाँ जाने निर्णय गर्नको लागि धेरै समय बाँकी छैन।

हालसालै आएको एक खबर अनुसार हालाण्डले कहाँ जाने भनेर आउने एक महिना भित्रै निर्णय गरिसक्ने छन्। डर्टमण्डले हालाण्डलाई आफ्नो भविष्य बारे सक्दो छिटो निर्णय गरिसक्न आग्रह गरेको बताइन्छ।

जर्मन मिडिया विल्डका अनुसार हालाण्ड सिटीको मुख्य टार्गेट हुन्। ह्यारी केनलाई भित्र्याउने योजना असफल भएपछि अब सिटीको ध्यान हालाण्ड तर्फ केन्द्रित भएको विल्डको भनाई छ।

प्रकाशित : बुधबार, फागुन १८, २०७८१६:२८

२ महिनाको चोटपछि मैदानमा फर्केको १० मिनेटमा दिए असिस्ट अनि आफैं गरे गोल !