कुपोषणले सिंहहरुको यस्तो हालत बनायो, हृदयविदारक तस्विरले विश्व भावुक ! [तस्विर सहित]

हुन त जंगलमा सिंहले नै राज गर्छन्। तर, सुडानको चिडियाखानामा पाँचवटा सिंहको अवस्था भने फरक छ। ती सिंहको जे हालत भएको छ त्यसले सबैको ध्यान आकर्षित गरेको छ। कुपोषणका सिकार भएका सिंहहरुको तस्विर अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।

यो तस्बिर सुडानको ‘खार्तुम अल कुरेशी पार्क’को हो। यस चिडियाखानामा राखिएको सिंहहरू कुपोषणको कारण निकै कमजोर भएका छन्। उनीहरुको शरीरमा हड्डी मात्र बाँकि छ । यस चिडियाखानामा न त उनीहरुले खाना पाइरहेका छ, न त उनीहरुको राम्रो हेरचाह नै भइरहेको छ।

केहि खान नपाएको कारण सिंहहरूको तौल पनि निकै कम छ। सिंहहरूको अवस्था यति नाजुक छ कि, तिनीहरू राम्ररी हिंड्न समेत सक्दैनन्। ति सिंहहरूलाई देखेर, विश्वव्यापी रूपमा अनलाइन अभियानहरु संचालन गरिएका छन्।

चिडियाखानाका अधिकारी र पशु चिकित्सकहरुका अनुसार, विगत केही हप्ताहरूमा यी सिंहहरूको अवस्था झनै नाजुक भइरहेको छ। ति सिंहहरुले सहीमात्रामा खाना र औषधि पाइरहेका छैनन्।

चिडियाखानाका प्रबन्धक ‘इस्माईलुद्दीन हज्जर’ भन्छन्, ‘चिडियाखानासंग ति सिंहको हेरचाहका लागि पैसा नै छैन। सरकारले पनि सिंहको हेरचाहका लागि वास्ता गर्दैनन्। यस्तो अवस्थामा, धेरै पटक मैले आफ्नो व्यक्तिगत पैसाले खाना मगाएर ख्वाएको छु।’

एजेन्सी

प्रकाशित : बुधबार, माघ ०८, २०७६०६:१०

गाडीबाट फुत्त चुरोट फ्याक्ने चालकलाई ८ लाख जरिवाना, यात्रुलाई १ लाख ६० हजार !