राति मोबाइल पसल फोरेर १६ लाख भन्दा बढीको माल-सामान कुम्ल्याएपछि …

काठमाडौँ – मोबाइल पसल फोरेर चोरी गर्ने एक गिरोहलाई प्रहरुले पक्राउ गरेको छ। रातको समयमा मोबाइल पसल फोरेर चोरी गर्ने एक गिरोहलाई प्रहरीले गंगबुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा स्थित गण्डकी नगरपालिका घर भई बुढानिलकण्ठ बस्दै आएका २४ वर्षिय सुरेश गिरी र बाके नेपालगन्ज उपमहानगरपालिका घर भई बुढानिलकण्ठ नै बस्दै आएका २२ वर्षिय गणेश क्षेत्री रहेका छन्।

दुवैलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। दुवैलाई सोमबार गंगबुको बिजी महल अगाडीबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ।

महाशाखाले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरुले माघ १८ गते विशालनगर स्थित सुरज ईलोक्ट्रिनिक्स मोवाईल पसलको पछाडीको झ्याल फुटाएर पसलभित्र प्रवेश गरी पसल भित्र रहेका विभिन्न कम्पनीका ३७ थान सिलप्याक मोवाईल, मर्मतका लागी राखिएका १५ थान मोवाईल, एउटा गितार र २५ वटा स्मार्ट घडी चोरेका थिए।

झन्डै सोह्र लाख बाह्र हजार पाँच सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भन्दै पसल संचालकले उजुरी दिएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो। अनुसन्धानका दुईको संलग्नता देखिएपछि पक्राउ गरिएको महाशाखाले जानएको छ।

पक्राउ परेका उनीहरुको साथबाट मोवाईल, गितार, स्मार्ट घडी पनि बरामद भएको छ। दुवैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, महाराजगन्ज पठाइएको छ।

बरामद सामानहरु:-


१. सिलप्याक मोवाईल ८ थान / २. पुराना मोवाईल ५ थान / ३.स्मार्ट घडी ६ थान / ४.गितार १ थान / ५.पावर बैक १ थान / ६. IR Night Vision थान १

प्रकाशित : बुधबार, फागुन १८, २०७८१६:४८

‘जे भयो विश्वास गर्न नसकिने, मेरो पनि दुखेको छ’ भन्दै नायिका प्रकृतिले गरिन यस्तो अनुरोध!