काठमाडौँ, माघ ८ । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाले घटेको छ ।
महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रुपैया तोकेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ३ सय र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयामा खरिद बिक्री भएको थियो ।
गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाले घटेको छ।
आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।