मार्च महिनामा यी ४ राशिलाई मिल्नेछ खुब धन लाभ, कुन-कुन ?

मार्च महिना सुरु भइसकेको छ। यो महिना धेरै राशिको आर्थिक पक्ष बलियो हुनेछ। ज्योतिषीहरुका अनुसार ग्रह र नक्षत्रको स्थितिका कारण यस महिना मिथुन, सिंह, वृश्चिक र मीन राशिका व्यक्तिहरुलाई गोप्य धन प्राप्ति हुने देखिन्छ। तर, यो अवधिमा धेरैलाई कठिनाइको सामना पनि गर्नुपर्ने हुनसक्छ। जानिराखौं यी राशिका बारेमा-

मिथुन राशि 

मार्च महिनामा तपाईंको आर्थिक अवस्था धेरै राम्रो रहनेछ। तपाईंको राशिको दोस्रो घरको स्वामी सूर्य नवौं घरमा अवस्थित हुनाले गोप्य धन लाभको योग बन्नेछ। राहु एघारौं घरमा भएकाले आम्दानीमा वृद्धि हुने सम्भावना छ। जागिर गर्नेलाई पदोन्नति मिल्नेछ। लगानीका लागि समय अनुकूल छ।

सिंह राशि 

मार्च महिनामा सिंह राशिका व्यक्तिहरुलाई धन लाभको सम्भावना रहनेछ। शनि सातौं भावमा रहेको र आठौं भावमा पूर्ण दृष्टि भएकाले गोप्य धन प्राप्तिको सम्भावना छ। यस अवधिमा व्यवसायसँग सम्बन्धित मामिलामा सफलता मिल्नेछ। नवौं घरमा राहुको उपस्थितिले रोकिएको धन प्राप्त हुनेछ।

वृश्चिक राशि 

वृश्चिक राशिका व्यक्तिले मार्च महिनामा गोप्य धन प्राप्त गर्न सक्नेछन्। यस अवधिमा तपाईंले रोकिएको धन प्राप्त गर्न सक्नुहुन्छ। व्यापारीहरुका लागि लाभको सम्भावना रहनेछ। देवगुरु बृहस्पतिको स्थितिका कारण डुबेको व्यवसायले पुनः दिशा पाउन सक्छ।

मीन राशि 

मार्च महिनाले तपाईंको जीवनमा खुशी ल्याउनेछ। यस अवधिमा तपाईंलाई आर्थिक लाभको अवसर मिल्नेछ। महिनाको सुरुमा आम्दानीमा वृद्धि हुने सम्भावना छ। राशिको एघारौं घरमा शनिको उपस्थितिले व्यापारमा लाभ मिल्नेछ। यस अवधिमा तपाईं भविष्यका लागि धन जम्मा गर्न सफल हुनुहुनेछ। अनावश्यक खर्च कम हुनेछ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८११:५२

ग्रहचक्रमा भयो ठूलो उथलपुथल, अबको एक महिना यी राशिको जीवन हुनेछ कायापलट !