ग्रहचक्रमा भयो ठूलो उथलपुथल, अबको एक महिना यी राशिको जीवन हुनेछ कायापलट !

मंगल ग्रह २६ फेब्रुअरीमा आफ्नो उच्च राशि मकर राशिमा प्रवेश गरिसकेको छ। अप्रिल ६ सम्म मंगल ग्रह यस राशिमा रहनेछ। यस राशिमा शनिदेव पहिले देखि नै विराजमान छन्। मंगल ग्रह परिवर्तनको प्रभाव सबै १२ राशिमा पर्नेछ। तर, जसको कुण्डलीमा मंगल ग्रहको स्थिति शुभ रहनेछ, उनीहरुलाई विशेष लाभको सम्भावना रहेको छ। जान्नुहोस् कुन राशिका लागि मंगल ग्रहको गोचर फलदायी साबित हुन्छ-

मेष राशि 

आर्थिक रुपमा यो समय निकै राम्रो रहनेछ। यस अवधिमा तपाईंको हरेक प्रयासमा सफलता मिल्नेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। हरेक चुनौतीलाई साहसका साथ सामना गर्नु सक्नुहुनेछ। धन आर्जनमा सफलता मिल्नेछ।

मिथुन राशि 

मंगल पारगमनले तपाईंको आर्थिक पक्षलाई बलियो बनाउनेछ। यस अवधिमा तपाईंलाई अचानक आर्थिक लाभ हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको प्रदर्शन निकै उत्कृष्ट रहनेछ। यस अवधिमा केही ठूलो उपलब्धि हात पार्न सकिनेछ।

कन्या राशि 

कार्यस्थलमा वरिष्ठको सहयोग प्राप्त हुनेछ। तलब वृद्धिको सम्भावना छ। इच्छित नतिजा हासिल गर्न सकिनेछ। लगानीका लागि समय अनुकुल रहेको छ। जोखिमपूर्ण कार्यहरूबाट बच्नुहोस्।

धनु राशि 

धनु राशिका व्यक्तिहरूले यस अवधिमा आर्थिक लाभ प्राप्त गर्न सक्छन्। करियरमा उन्नतिको सम्भावना छ। जागिरेहरुले पदोन्नति पाउन सक्नेछन्। व्यापारीहरूका लागि समय अनुकूल छ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१३:००

जस्तो सुकै दु: खमा पनि नखोल्नुहोस् यी राज, अन्यथा जीवन नै हुनेछ तहस-नहस !