अबको ३ वर्ष यी ३ राशिका लागि रहनेछ निकै कष्टकर, कष्ट कम गर्न यस्ता उपाय गर्नुहोस् !

साढे सात वर्षसम्म रहने शनि ग्रहको अवस्थालाई शनि साढे साती भनिन्छ। शनि एक राशिबाट अर्को राशिमा प्रवेश गर्न करिब साढे दुई वर्ष लाग्छ। गोचर गर्दा जुन राशिमा शनि प्रवेश गर्छ, सोही राशिका साथै उक्त राशि भन्दा अघिल्लो र पछिल्लो राशिमा पनि शनिको साढे सातीको प्रभाव पर्छ। शनिको यो दशा एकैसाथ ३ राशिमा पर्छ। हाल शनि मकर राशिमा रहेको छ। यस समयमा मकर, धनु र कुम्भ राशिमा शनिको साढे सातीको प्रभाव देखिन्छ। अप्रिल २९ मा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ जहाँ यो २९ मार्च २०२५ सम्म रहनेछ। जान्नुहोस् यो अवधिमा कुन राशिका मानिसमा साढे साती रहनेछ।

यी राशिमा रहनेछ शनिको साढे साती 

२९ अप्रिल २०२२ मा शनि कुम्भ राशिमा प्रवेश गर्ने बित्तिकै मीन राशिमा यस महादशा सुरु हुनेछ। यस बाहेक मकर र कुम्भ राशिका मानिसहरुमा पनि यसको प्रभाव रहनेछ। यस अवधिमा धनु राशिका मानिसहरूले यसबाट मुक्ति पाउनेछन्। मार्च २९, २०२५ सम्म, मकर राशिका लागि शनि साढे सातीको अन्तिम चरण, कुम्भ राशिका लागि दोस्रो चरण र मीन राशिका लागि पहिलो चरण हुनेछ।

साढे सातीको ३ चरण 

शनि साढे सातीको तीन चरणहरू हुन्छन्। प्रत्येक चरणको अवधि साढे दुई वर्षको हुन्छ। यसको पहिलो चरणमा व्यक्तिले मानसिक र आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ। दोस्रो चरणमा पेशागत तथा पारिवारिक जीवनमा उतारचढाव आउनेछ। शारीरिक समस्याले सताउनेछ। धन सम्पत्तिको मामिलामा हानि हुनसक्छ। त्यसैगरी, तेस्रो चरणमा भौतिक सुखको लाभ मिल्दैन।

शनि साढे सातीबाट बच्ने उपाय:- 

शनिदेवलाई भगवान शिवको भक्त मानिन्छ। यदि शनि ग्रहले कष्ट दिइरहेको छ भने शिवको विशेष पूजा गर्नुपर्छ। भगवान शिवको मन्त्र ‘ओम नमः शिवाय’ वा महामृत्युञ्जय मन्त्रको जप गर्नु शुभ मानिन्छ।

सोमबार व्रत बस्नुका साथै शिवलिंगमा बेलपत्र वा दूध चढाउनु पनि शुभ मानिन्छ। भगवान शिवको अलावा हनुमान जीको पूजा गर्नाले शनि साढे सातीको प्रभाव कम हुन्छ।

यस समयमा आफ्नो छाया दान गर्नुपर्छ। यसका लागि एउटा भाँडोमा तोरीको तेल लिनुहोस्, त्यसमा आफ्नो अनुहार हेरेर शनिदान लिने व्यक्तिलाई त्यो तेल दान गर्नुहोस्। यसो गर्नाले शनिको महादशाको नराम्रो प्रभाव कम हुन्छ। शनि स्तोत्रको पाठ गर्नुपर्छ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१५:५८

दैनिक जप गर्नुहोस् यी ३ महालक्ष्मीको मन्त्र, जीवनभर हुँदैन धनको कमी !