“रोनाल्डोले युनाइटेडलाई कबाडी बनाउँदै छन्, क्लबको अस्तित्व नै मेटाउने भए”

लिड्स युनाइटेडका पूर्व गोलकिपर प्याडी केनीले क्रिस्टियानो रोनाल्डोले मौका सदुपयोग गर्न नसक्दा म्यानचेस्टर युनाइटेडलाई नोक्सान भएको विश्वास गर्छन्। रोनाल्डोले सिजनको सुरुवात निकै उत्कृष्ट तरिकाले गरेपनि पछिल्लो आठ प्रिमियर लिग खेलमा मात्र एक गोल गर्न सफल भएका छन्।

पोर्चुगिज कप्तानले सन् २०२२ मा मात्र एक गोल गर्न सफल भएका छन्। रेड डेभिल्स फरवार्डले अहिले निकै संघर्ष गरिरहेका छन्, जसको कारण पनि युनाइटेडले पछिल्ला ६ खेलमा ४ खेलमा बराबरीमा रोकियो। रोनाल्डोको समस्याको बारेमा फुटबल इनसाइडरसँग कुरा गर्दै केनीले भने: “यो रोनाल्डोको स्तरको खेलाडीका लागि राम्रो तथ्यांक हैन। मलाई लाग्छ कि यो उनको निराशाको स्रोत हो र किन ऊ सधैं राम्रो गर्न चाहने कुरा गरिरहेका छन्।”

उनले थपे: “ओल्ड ट्राफोर्डमा उनको फिर्ती कसरी गइरहेको छ भनेर उनी निराश हुनुपर्छ। धेरै गोल गर्नुपर्छ। रोनाल्डोले क्लबलाई खत्तम गर्दैछन् किनकि थुप्रै मौका धेरै आउँछन्।”

व्यक्तिगत खेलाडीहरूले म्यानचेस्टर युनाइटेडको खराब सिजनको लागि जिम्मेवारी लिन आवश्यक छ भन्ने केनी विश्वास गर्छन्। यस सम्बन्धमा उनले भने: “हामीले केही समयदेखि म्यान युनाइटेडमा केही गडबड भएको भन्दै आएका छौं र यो व्यक्तिगत रहेको छ। उनीहरु एक अर्काको लागि होइन आफ्नो लागि खेलिरहेका छन्। त्यो फुटबल क्लबमा हुनु ठूलो समस्या हो।”

हालको खराब प्रदर्शनको बावजुद, क्रिस्टियानो रोनाल्डो यो सिजन रेड डेभिल्सको शीर्ष गोलकर्ता हुन्। उनले क्लबका लागि सबै प्रतियोगितामा ३० खेलमा १५ गोल गरेका छन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१७:५२

रामोसले रियल म्याड्रिड विरुद्धको दोस्रो लेग पनि गुमाउने !