प्रेममा निकै इमान्दार हुन्छन् यी राशिका मानिस, ज्यान जाला तर साथ छोड्दैनन् !

सम्बन्ध कायम राख्नु सबैको हातमा हुने कुरा होइन, तर सम्बन्धप्रति सधै इमान्दार हुनु त्योभन्दा पनि अर्को कदम हो। ज्योतिष शास्त्रको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुन राशिका मानिसहरु सम्बन्धमा इमान्दार हुन्छन् र कुन राशिका मानिसहरु धोका दिने कुनै मौका छोड्दैनन्। आउनुहोस् जानौं सम्बन्धको हिसाबले सबैभन्दा वफादार मानिने राशि कुन कुन हुन्।

मेष राशि 

मेष राशिका व्यक्तिहरुबाट कसरी सम्बन्ध कायम राख्नु पर्छ भनेर सिक्नुपर्छ। उनीहरु आफूले माया गर्ने मानिसलाई विवाह गर्न जुनसुकै हदसम्म पनि जान्छन्। विवाह भएन भने पनि यी मानिस सधैं सच्चा साथीको रूपमा रहन्छन्। यस राशिका मानिस आफ्नो पार्टनरप्रति धेरै वफादार हुन्छन् र उनीहरुलाई खुसी राख्न सम्भव सबै प्रयास गर्छन्।

वृष राशि 

वृष राशिका व्यक्तिहरू निकै इमान्दार हुन्छन्। यी मानिस जतिसुकै उच्च स्थानमा पुगे पनि नम्र स्वभाव छोड्दैनन्। यस राशिका मानिस सधैं आफ्नो सम्बन्धमा इमानदार हुन्छन् र कहिल्यै धोका दिँदैनन्। यो राशिका मानिस जीवनसाथी पाउनु भाग्यको कुरा हो भन्न सकिन्छ।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिस अरूसँग जतिसुकै नराम्रो किन नहोस्, आफ्नो पार्टनरप्रतिको माया साँचो र वफादार हुन्छ। उनीहरु आफ्नो पार्टनरका लागि जे पनि गर्न तयार हुन्छन्।

धनु राशि 

धनु राशिका व्यक्तिहरू धेरै इमानदार हुन्छन्। यस राशिका मानिस आफ्नो पार्टनरलाई हरेक परिस्थितिमा साथ दिन्छन्। यी मानिस र उनीहरुको पार्टनरबीच मनमुटाव वा असन्तुष्टि भए पनि उनीहरु पार्टनरलाई एक्लै छोड्दैनन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१७:५४

यो महिना भारी यी राशिलाई मिल्नेछ लाभ नै लाभ, कुन-कुन ?