“बार्सिलोना, रियल र युभेन्टस माथि प्रतिवन्ध, च्याम्पियन्स लिगबाट पनि आउट”

एजेन्सी – युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले युरोपेली सुपर लिगको पुनः आलोचना गरेका छन्। सुपर लिगका सदस्य क्लबहरुले युरोप बाहिर प्रतियोगिता संचालन गर्न लागेसँगै अध्यक्ष सेफेरिनले सुपर लिगका सदस्यहरुको आलोचना गरेका हुन्।

रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस सुपर लिगलाई पुनर्जीवित गर्ने योजनामा छन्। संस्थापक अन्य क्लबहरु बाहिरिएपनि यी तीन क्लबले सुपर लिग संचालन गर्न लागेको खबरहरु आएका छन्।

फाइनान्सियल टाइम्स बिजनेश अफ फुटबल समिटमा सेफेरिनले सुपर लिगको अवधारणालाई बकवास भने। विश्वका युद्ध चलिरहेका बेला नयाँ प्रतियोगिता शुरु गर्न खोज्नु राम्रो नभएको सेफेरिनको भनाई छ।

“मैले भन्नु पर्छ सुपर लिगको बारेमा बोल्नेहरूले फुटबलको बारेमा बोलिरहेका छैनन्। यो गैर-फुटबल परियोजना सुन्दा दिक्क लागिसक्यो। पहिले उनीहरुले महामारीको बीचमा सुपर लिगको बकवास शुरु गरे। अहिले पनि युद्ध चलिरहेका बेला उनीहरु आफ्नो छुट्टै प्रतियोगिता गर्न चाहन्छन्।”,सेफेरिनले भने।

सेफेरिनले रियल, बार्सिलोना र युभेन्टस माथि प्रतिवन्ध लगाउने संकेत पनि गरे। आफ्नो छुट्टै प्रतियोगिता बनाएर अगाडी बढेको खण्डमा युरोपियन फुटबल महासंघ अन्तर्गतका प्रतियोगितामा ती क्लबहरुले भाग लिन नसक्ने सेफेरिनको चेतावनी छ।

उनले भने,”उनीहरूले आफ्नै प्रतियोगितामा खेल्न सक्छन्। उनीहरुलाई कसैले पनि रोक्ने छैन। तर यदि तिनीहरूले आफ्नै प्रतियोगितामा खेल्छन् भने हाम्रो प्रतियोगितामा खेल्न पाउने छैनन्।”

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१५:५४

हालान्ड अनुबन्ध गर्न बार्सिलोनाले गर्यो तगडा प्रस्ताव, जसरी पनि बार्सिलोना नै ल्याउने !