सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज ५ सय ६२ दिनकै महँगो !

काठमाडौँ – अत्याधिक महँगो मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज पनि महँगो भएको छ। कारोबार हुने साताको अन्तिम दिन मूल्य बढेसँगै सुन थप महँगो भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ९ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ९ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन डेढ वर्षकै महँगो

पछिल्लो वृद्धिसँगै सुन झन्डै डेढ वर्ष यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य ५ सय ६२ दिनकै महँगो हो। गत वर्ष भदौ ३ गते १ लाख ४ सय रुपैंयाँमा कारोबार भएतायता छापावाला सुन आजको जति मूल्यमा कहिले पनि कारोबार भएको छैन।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१०:४०

प्रसूति कक्षमा पस्तो भालु, अस्पतालमा भागाभाग !