कोम्यानले गरे लापोर्टाको भण्डाफोर, जाभी बारे यसो भनेका रहेछन् !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पटक-पटक जाभी हर्नान्देजलाई कुनै पनि हालतमा प्रशिक्षक नबनाउने बताएको खुलासा भएको छ।

बार्सिलोनाका पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानले यस्तो खुलासा गरेका हुन्। हालसालै एक अन्तर्वार्ताका क्रममा कोम्यानले लापोर्टाले आफूलाई पटक-पटक जाभी प्रशिक्षक बन्न नसक्ने बताएको खुलासा गरे।

एक डच पत्रिकाका लागि अन्तर्वार्ता दिनेक्रममा कोम्यानले लापोर्टाले पटक-पटक जाभीलाई प्रशिक्षक बनाउदिन भनेको बताए। लापोर्टाले जाभीमा अनुभवको कमि रहेको बताएको कोम्यानको भनाई छ।

“मैले माथिबाट भनेको जस्तो साथ पाइन्। मलाई खासै समय पनि दिइएन। म लापोर्टाको रोजाईको प्रशिक्षक थिइनँ। उनी अध्यक्षमा निर्वाचित भएकै दिन देखि मलाई त्यस्तो लागेको थियो। जाभीलाई प्रशिक्षक नियुक्त गरिनँ भनेर उनले मलाई हजार चोटी भने होलान्।”,कोम्यानले भने।

त्यस्तै कोम्यानले आफूलाई जाभीलाई जति समय नदिइएको गुमासो समेत गरे। धेरै खेलाडी घाइते भएको अवस्थामा समेत क्लबबाट सहयोग नमिलेको उनको भनाई छ। पेड्री, डेम्बेले जस्ता खेलाडीहरु चोटमुक्त भएर फर्किँदै गरेको अवस्थामा आफूलाई बर्खास्त गरिएको कोम्यानले बताए।

जाभी प्रशिक्षकमा नियुक्त हुनु भन्दा अगाडी बार्सिलोनाको जिम्मेवारी कोम्यानले सम्हालेका थिए। लियोनेल मेस्सीले क्लब छाडेपछिको अवस्थामा कोम्यानले बार्सिलोनालाई लयमा फर्काउने प्रयास गरेका थिए। तर उनको त्यो प्रयास असफल भएको थियो। लगातार खेलाडी घाइते हुँदा बार्सिलोना च्याम्पियन्स लिगबाट समेत बाहिरिएको थियो। पछि क्लबले उनलाई बर्स्खास्त गरेको थियो।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८११:४४

रोनाल्डोलाई सन्यास लिन सुझाव-“४० वर्षसम्म खेल्छु भनेर हुन्न, अब सन्यास लिए हुन्छ”