सुनको मूल्यले रेकर्ड तोड्ने देखियो, आज ५ सय ७३ दिनकै महँगो !

काठमाडौँ – अत्याधिक महँगो मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज पनि महँगो भएको छ। गत साता धेरै महँगो मूल्यमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ हजार रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन गत वर्षको साउन पछिकै महँगो

पछिल्लो वृद्धिसँगै सुन झन्डै डेढ वर्ष भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य गत वर्षको साउन २६ गतेयताकै महँगो हो। आज सुन ५ सय ७३ दिनकै महँगो रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु ३५ ले बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१०:५१

तपाईंको हातमा पनि छ यस्तो निशान ? हुनेछ जीवनभए माता लक्ष्मीको विशेष कृपा !