अभिनेता पल शाहलाई हिउरासतमा राख्ने अवधि १२ दिन थपिएको छ । अनुसन्धान नसकिएको भन्दै आइतबार प्रहरीले अभिनेतालाइ जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको छ ।
जब-र्जस्ति करणीको आरोपमा पुलिस हिरासतमा रहेका अभिनेता पल शाहलाई आइतबार म्याद थप भएको छ । अभिनेता विरुद्ध फागुन ११ गते प्रहरीमा उजुरी परे पनि अभिनेता जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन १५ गते मात्र उपस्थित भएका थिए । त्यसपछि अदालतले अभिनेतालाई अनुसन्धानको लागि एक साताको म्याद दिएको थियो ।
अदालतले दिएको म्याद गत शनिबार सकिएको छ । तनहुँका एसपीका अनुसार अब अभिनेतालाई थप अनुसन्धानको लागि म्याद थपिने बताएका छन् । अभिनेता पल शाह विरुद्धमा फागुन ११ गते शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् ।
अहिले सामाजिक सञ्जालमा पल समीक्षा प्रकरणले निकै तहल्का मच्चाएको छ । यस विषयमा विभिन्न कलाकार तथा अभिनेता अभिनेत्रीले आफ्नो धरान राख्दै आएका छन् । यसै क्रममा अभिनेत्री रेखा थापा र ऋचा शर्माले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल हुनुको साथै विवादमा पनि तानिएको छ । भने अभिनेत्री रेखाले आफूलाई जथाभाबी बोल्ने विरुद्ध उजुरी समेत दिएकी छिन् ।