धुम्रपान मात्र नभई यी ५ कारणले हुन सक्छ मुखको क्यान्सर, जानिराखौं !

धुम्रपान  नगर्नेलाई मुखको क्यान्सर हुन्न भन्नु भ्रमित कुरा हो। धुम्रपान मुखको क्यान्सर  हुने प्रमुख  कारण हो तर यसको अलवा क्यान्सर हुनुमा अन्य थुप्रै  कारणहरु पनि रहेका हुन्छन। हरेक बर्ष मुखको क्यान्सर भएकै कारणले गर्दा सयौं मानिसले अकालमा ज्यान गुमाईरहेका छन।  कहिले कहिले यस्तो पनि हुने गरेको छ कि धुम्रपान मध्यपान नगर्नेहरु पनि मुखमा हुने क्यान्सरको शिकार हुन पुगेका छन। मुखको क्यान्सर के कारणले हुन्छ त, आउनुहोस एकै छिन चर्चा गरौँ;

घाममा धेरै समयसम्म बस्नाले

घामलाइ  स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ तर यो होइन कि धेरै बेरसम्म घाममा बस्दा भने क्यान्सर हुने सम्भावना रहन्छ। घाममा पाइने अल्ट्राभायोलेन्ट  किरणले सिधै हाम्रो त्वचालाई  असर पुर्याउछ। अधिकांशमा घामले त्वचा क्यान्सर हुनका साथै हड्डीमा समेत क्यान्सर हुने गरेको छ।  अल्ट्राभयोलेन्ट किरणले स्वास्थ्यमा नकारात्मक असर पुर्याउछ।  घाममा रहेको   सेलुलर म्यूटेशनले क्यान्सर हुने सम्भावना अत्याधिक हुने गर्दछ।

गलत खानपानको कारणले

आजकल बजारमा अनेक थरिका मिसावटी खानेकुराहरु पाइन्छ। दाल , चामल , धनिया देखि लिएर अन्य सामानहरुमा मिसावटको सन्दर्भमा अनेक समाचारहरु आइरहेका छन। बढी मुनाफा पाउने उदेश्यले अनेक हानिकारक रसायन तत्वहरु मिसाएका कुराहरु बाहिर आइरहदा यस्ता खानेकुराले क्यान्सर बढाउन सक्ने निष्कर्ष निकालेको छ। हामीले  यो सोच्ने गरेका छौं ड्राई तथा फास्ट फुडले केवल मोटोपन बढाउछ तर  त्यसो होइन यस्ता खानेकुराहरु खराब तेलले बनेको हुन्छ जसको कारणले गर्दा मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ।

दन्तरोगको कारणले मुखको क्यान्सर

दाँतमा लागेको कुनै रोगका कारण राम्रोसंग सफा नगर्नाले मुखको इन्फेक्सनको कारणले पनि क्यान्सर हुन्छ। दाँतको समस्या मुखमा क्यान्सरको कारण बन्न सक्छ।  दांत किराले खानु तथा टुक्रिनुमा  पनि क्यान्सरको संक्रमण हुने गर्छ। त्यसैले दाँतलाई सधै सफा राखी बेलैमा डेन्टिस्टको सल्लाह सुझाव  लिनु आवश्यक छ।

एचपीवीको कारण

एचपीवी यानी (ह्यूमन प्यापिलोमा भाइरस) २०० भन्दा बढी भाइरसहरुको समुह हो। जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा असुरक्षित यौन सम्बन्ध , हात मिलाउनु , छुनु या अन्य कारणले सर्न सक्छ। यी भाइरसले अधिक मात्रामा क्यान्सर भने फैलाउदैन तर डाक्टरको भनाइ अनुसार लगभग १२ भाइरस जसमा भएको ‘हाई रिस्क एचपीवी’ ले गर्दा क्यान्सर हुने सम्भावना रहन्छ।

मध्यपान गर्नु

धुम्रपान  गर्नेलाई मात्र नभई मध्यपान गर्नेलाई समेत मुखको क्यान्सर हुने खतरा हुन्छ। मध्यपान नगर्नेको तुलनामा गर्ने मानिसलाई मुखको क्यान्सर हुने सम्भावना ६ गुणा बढी हुन्छ।त्यसैले यदि सम्भव भए सम्म आजैबाट मध्यपान तथा धुम्रपानको सेवन गर्न बन्द गर्नुहोस यदि सकिन्न भने आफ्नो स्वास्थ्यलाई असर नपर्ने गरि सिमित मात्रामा यी चिजको सेवन गर्ने गर्नु पर्दछ।

प्रकाशित : बुधबार, जेठ ०८, २०७६०९:१६

यी ५ समस्या भएकाहरुले भुलेर पनि नगर्नुहोस अदुवाको सेवन , जानिराखौं