सोनाक्षीलाई खोज्दै प्रहरी, तत्काल पक्राउ पर्न सक्ने !

मुम्बई । ‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेतृ सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको हो । यसबारे उनलाई प्रहरीले सोधपुछ गर्ने भएको छ । प्रहरी कार्यालयमा आउन सोमबार नै पत्र पठाइसकिएको छ ।

मुरादाबाद कटघर थाना क्षेत्रका प्रमोद शर्माले एक कार्यक्रममा उनलाई ‘प्रमुख अतिथि’का रूपमा सहभागी हुन ३७ लाख दिएको बताएका छन् । तर, उनी कार्यक्रममा सहभागी नभएको शर्माको दाबी छ ।

यस विषयमा सोनाक्षीले भने कुनै जवाफ दिएकी छैनन् । उनका म्यानेजरले समेत फोन उठाउन छाडेपछि पीडित पक्षले अदालतबाट सोनाक्षीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गराएका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८०८:२३

राष्ट्र निर्माण गर्ने नै एमाले हो: अध्यक्ष ओली