चलचित्र ‘अर्जुन रेड्डी’ मा विजय देवरकोंडाको साथीको भूमिका निभाएका अभिनेता राहुल रामकृष्णाको एक सनसनीपूर्ण खुलासाले तेलुगू फिल्म इंडस्ट्रीमा उनको फ्यान छक्क परेका छन् । राहुलले एक पछि अर्को ट्वीट्मा खुलासा गरेका छन् कि उनलाई बाल्यकालमा रे’प भएका थियो । राहुलको यस बयानको कारण उनको चर्चा भईरहेको छ ।
राहुलले आफ्नो पहिलो ट्वीटमा लेखेका छन्, ‘ बाल्यकालमा मेरो रे’प भएको थियो । मलाई थाहा थिएन कि यस बारेमा म के भन्न सक्छु । मलाई लाग्छ कि जिन्दगीमा निकै खालीपन हुन्छ । म यस घटनालाई आफ्नो जिन्दगीको एक ब्ल्याक होल मान्छु। यो द’र्दनाक रहेको छ । तपाई एक दागसँग एक योद्धा बन्नुहुनेछ । म आफुमा भएको क्रा’इमसँग जिईरहेकी छु । यसमा कहिले पनि मैले न्याय पाउने छैन ।’
राहुलको यस ट्वीटपछि सबै सेलिब्रेटीको रियाक्शन आउन सुरु भएको छ । प्रियदर्शीले लेखिन् ,”यदि मैले कोसिस गरे भने पनि कहिले त्यो पिडा बुझ्न सक्दिन । तर मात्र यति भन्न चाहन्छु कि बलियो रहनुहोस । तपाई हरेक नराम्रो कामबाट बाहिर आउनुहुन्छ र यस क्षमता अनुसार सबैभन्दा राम्रो तरिकाले सम्हाल्नु हुन्छ । तपाई एक फाइटर हुनुहुन्छ ‘
राहुलले ‘अला वैकुंटपुरम लो’, ‘ची ला साओ’, ‘भारत अने नेनू’, ‘शीशमहल’, ‘गीता गोविंदम’ र ‘मिठाई’ जस्ता फिल्ममा काम गरेका छन् । विजय देवरकोंडाको फिल्म ‘अर्जुन रेड्डी’ बाट राहुललाई निकै पहिचान मिल्यो । यो फिल्म ब्लकबस्टर रह्यो ।